रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

नयाँ गाउँ माविको ६१ औ बार्षिकोत्सव

नयाँगाउँ माविले आफनो ६१ औ बार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा मनाएको छ । सामुदायिक विद्यालयमा नमुना विद्यालयको रुपमा पहिचान स्थापना गर्दै आएको विद्यालयको शनिबार बिबिध कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो ।
कार्यक्रमको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले सामुदायिक विद्यालयमा नयाँगाउँ बुटवल उपमहानगरपालिकाको शिक्षामा महत्वपुर्ण भुमिका खेलेको बताए । उनले शिक्षा क्षेत्रको सुधारका लागि नगरपालिकामा योजनाबद्ध बिकासको सुरुवात भएको बताए । बिद्यालयको भौतिक पुर्वाधार निर्माणका लागि नगरपालिकाबाट कुनै पनि कमी नहुने भन्दै उनले यसको लागि सहकार्य गरेर शिक्षा क्षेत्रमा विकास गर्न आवश्यक रहेको बताए ।

कार्यक्रम बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेबि अर्यालले प्राविधिक शिक्षा आवश्यक रहेको बताईन । शिक्षालाई अब जीवन उपयोगी हुने प्राविधिक शिक्षामा जोड्नुपर्ने बताएकी थिईन ।

कार्यक्रम बिद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले बिद्यालयको शैक्षिक विकासमा गतिलिएको भन्दै अब भौतिक पुर्वाधारमा सरकारबाट सहयोग जरुरी रहेको बताए ।

कार्यक्रममा लुम्बिनी बौद्ध बिश्वविद्यालयका रजिस्ट्रार डा. तिलकाराम आचार्यले अबको शिक्षा पर्यटनसंग जोडेर पाठ्यक्रम बनाउनुपर्ने बताए ।
कार्यक्रममा योजना आयोगका पुर्व सदस्य दामोदर भुषाल, बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष डिल्ली प्रसाद शर्मा, बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक, बुटवल सिटि क्याम्पसका प्रमुख फणीन्द्र न्यौपाने, राष्ट्रिय परीक्षा बोर्डका प्रमुख रमामान्त तिबारी, शिक्षक राम प्रसाद बन्जाडेले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बस्यालले पश्चिम बुटवलको नमुना विद्यालयको रुपमा नयाँगाउँ मावि स्थापना गर्ने अभियान जारी रहेको बताए ।

कार्यक्रममा विद्यालयमा अक्षयकोष स्थापना गर्ने अक्षयकोष दाता, सहयोगी निकायलाई सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षा तथा खेलकुदका विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित