लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

सुप्रिम सहकारीको अध्यक्ष पक्राउ, सवा अर्ब बचतमध्ये ८७ करोड जीवीको नाममा ऋण

प्रहरीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई पक्राउ गरेको छ। बचतकर्ताको सवा अर्ब रकम अपचलन गरेको भन्दै आएको उजुरीका आधारमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईँ पाण्डेयलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो।

सुप्रिमका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीवी) राई र संस्थापक सचिव दीपेश पुन हुन्। जीवी सहकारी ठगीमा फरार छन्।

सुप्रिम सहकारीबारे लुम्बिनी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले अध्ययन गरेर प्रतिवेदन बुझाएको थियो। बचतकर्ताको जाहेरी र सहकारी रजिस्ट्रारको प्रतिवेदनमा प्रहरी छानबिन सुरु गर्दै पक्राउ गरेको हो।

सुप्रिममा दश हजार ३ सय ९१ बचतकर्ताको एक अर्ब ७ करोड ८२ लाख  रुपैयाँ बचत रहेको खुलेको छ। रजिस्ट्रारको प्रतिवेदनमा जीवीको पाँच कम्पनीलाई ७८ करोड ५० लाख ऋण निकालेको उल्लेख छ।
प्रतिवेदन अनुसार ग्यालेक्सी टिभीको माउ संस्था गोरखा मिडिया नेटवर्क प्रालिको नाममा १२ करोड १४ लाख, जीवी ग्रुप एन्ड कम्पनीमा करोड ९९ लाख ५९ हजार, स्प्रिङ उड रियल स्टेट हाउजिङमा १८ करोड २१ लाख,नेचर नेस्ट प्रालिको नाममा दुई करोड ८९ लाख ऋण निकालेको देखिएको छ। जीवीको नाममै ६ करोड २० लाख रूपैयाँगरि ७८ करोड ५० लाख निकालेको प्रतिवेदनमा उल्लेख छ।

ऋणको ब्याज समेत जोड्दा जीवीको नाममा ८७ करोड ६९ लाख रुपैयाँ देखिएको छ। सुप्रिममा दुई वर्षदेखि समस्या देखिएको थियो। सहकारीले बचतकर्ताहरूको रकम फिर्ता नगरेपछि विवाद बढेको थियो।

सुप्रिमको विवाद पहिला सार्वजनिक भए पनि जीवी समूह संलग्न पोखराको शुर्यदर्शन सहकारीको मुद्दा पहिला अदालतमा पुगेको थियो। पछि सानो पाइला, सहारा लगायतका सहकारीको बदमासी सार्वजनिक भएको थियो।

चितवनको सहारा सहकारीबारे पनि चितवन प्रहरीले अनुसन्धान सुरु गर्दै उजुरीको आव्हान गरिसकेको छ। प्रहरीले जीवीको नाममा डिफ्युजन नोटिस जारी गराए पनि उनी पक्राउ परेका छैनन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित