गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

शहर क्षेत्रका २३ वटा चौक–चौराहामा उच्च क्षमताका हाइमास्ट लाइट जडान गर्दै बुटवल उपमहानगर

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका २३ वटा चौक–चौराहामा उच्च क्षमताका हाइमास्ट लाइट जडानकाे काम अगाडि बढाएको छ ।

नगरपालिकाको ६५ औँ स्थापना दिवसको अवसर पारेर बुधवार नगर प्रमुख (मेयर) खेलराज पाण्डेयले बुटवलको नयाँ बसपार्क र बसपार्क नजिकैको मुख्य सडकमा हाइमास्ट लाइट निर्माणस्थलमा शिलान्यास तथा बसपार्क सरसफाइ कार्यक्रमको शुभारम्भ गरे ।

हाइमास्ट लाइट जडानस्थलमा शिलान्याश गर्दै प्रमुख पाण्डेयले उज्यालो बुटवल कार्यक्रमअन्तर्गत नगर २३ वटा स्थानमा हाइमास्ट लाइट जडान गरिने बताए । उनले बुटवललाई उज्यालो, हरियाली र सरसफाइयुक्त शहर बनाउने योजनाका साथ मुख्य सडकमा सौन्दर्यीकरण, हरियाली र उच्च क्षमताका बत्ती जडान गर्ने काम अगाडि बढेको उनको भनाइ छ । उनले बुटवललाई देशकै उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्ने योजनाअनुसार पर्यटनका क्षेत्रमा काम गरिरहेको बताए ।

बसपार्कलाई सुविधासम्पन्न बनाउनका लागि स्नानगृहसहितको शौचालय निर्माण भइरहेको, उच्च क्षमताको वाइफाई जडान भएको र हाइमास्ट लाइट जडान हुने क्रममा रहेको बताउँदै नगर प्रमुख पाण्डेयले छिट्टै नै विश्रामस्थल र सुविधासम्पन्न क्यान्टिन सञ्चालन हुने जनाए । उनले नगरले ६५औँ स्थापना दिवस विविध सिर्जनात्मक कार्यक्रम गरी मनाइरहेको जानकारी दिँदै शिक्षा, स्वास्थ्य, खेलकुद र रोजगारलाई विशेष प्राथमिकता दिएको बताए ।

विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले नगरभित्रका विद्यालयबीचमा फूटबल प्रतियोगिता, लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि लोकनृत्य प्रतियोगिता, महिलालाई सीप र उद्यमसँग जोड्न गृहणी महिला रोजगार कार्यक्रम र महिला उद्यमशीलता कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

यस्तै उनले नगरभित्रका जेष्ठ नागरिक र अपांगता भएका र फरक क्षमता भएकाहरूको घरदैलोमै उपचार सेवा पुर्याउन बा–आमासँग नगरप्रमुख कार्यक्रम सञ्चालन भइरहेको बताए । यस्ता धेरै कार्यक्रमले बुटवललाई समुन्नत शहरका रुपमा स्थापित गर्ने बताउँदै उनले उज्यालो बुटवल कार्यक्रमले शहरलाई उज्यालो बनाउने र रात्रिकालीन बजार सञ्चालनका लागिसमेत सघाउ पुर्याउने बताए ।

बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठका अनुसार बुटवलका २३ वटा चौक–चौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान हुनेछन् । जसअनुसार योगीकुटी चोक, कालिका चौक, बसपार्क, अस्पताल लाइन, पुरानो बसपार्क, लक्ष्मीनगर गेट, बीटीआई चौक, राजमार्ग चौराहा, जीतगढी किल्ला र गोलपार्कमा १६ मिटरका १२ वटा लाइट जडान हुनेछन् ।

यस्तै बीपी चौक, जेसिज चौक, तीनकुने चौक, टक्सार चौक, देवीनगर चौपारी चौक, देवशिद्ध चौक, बधशाला क्षेत्रमा साढे १२ मिटरका ७ वटा लाइट जडान हुनेछन् ।

यसैगरी नेपाल टेलिकमअगाडि, उपमहानगर गेट, होराइजन चोक र बुद्धनगर स्वास्थ्य चौकीनजिकै १० मिटरका ४ वटा लाइट जडान हुने श्रेष्ठले बताए । उनका अनुसार टेण्डरमार्फत १ करोड ८१ लाख ७२ हजार रुपैयाँमा नेपाल पावर सोलुसन प्रालि हेटौडासँग २०८० माघ १२ गते हाइमास्ट लाइट जडानका लागि ठेक्का सम्झौता भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित