गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

प्यारामाउण्टमा जिल्लास्तरीय हाजिरीजवाफ, एभरेष्ट मावि बुटवल प्रथम

तिलोत्तमा । प्यारामाउण्ट बोर्डिङ्ग स्कुल तिलोत्तमाद्वारा आयोजित जिल्लास्तरीय रनिङ्शिल्ड हाजिरी जवाफ प्रतियोगितामा एभरेष्ट मावि बुटवल प्रथम भएको छ ।

एभरेष्टले नगद १५ हजार, रनिङ शिल्ड र मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै द्वितीय देवदह बुद्ध पब्लिक माविले नगद १२ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय न्यू होराइजनले नगद १२ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।

३० ओटा विद्यालय सहभागी प्रतियोगितामा गार्गी एकेडेमी चौथो र स्कलर्स होमले पाँचौ स्थान हासिल गरी नगद रु. १ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँडले शिक्षमा लागानी बढाउन सके सभ्य संस्कार र आर्थिक उन्नति हासिल गर्न सकिने बताए ।

उनले निजी विद्यालले शिक्षामा महत्वपूर्ण योगदान दिएको बताउँदै. तिलोत्तमा शिक्षाको हब बनाउनुपर्ने धारणा राखे । विद्यालयका संस्थापक प्राचार्य दामोदर भुसालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने कक्षा २ देखि ११ सम्मका विद्यार्थीहरू,उत्कृष्ट शिक्षक तथा कर्मचारी र पुरुष अभिभावक फुटबल तथा महिला अभिभावक कुर्ची दौडका विजेतालाई नगरप्रमुख खाण, तिलोत्तमा शिक्षा शाखाका प्रमुख गंगाराम आचार्य, संस्थापक प्राचार्य दामोदर भुसाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्ण प्रसाद सापकोटाले पुरस्कार वितरण गरेका थिए ।

फोक्सोका क्यान्सर पीडित पूर्व विद्यार्थीका अभिभावकलाई विद्यालय, शिक्षक र विद्यार्थीहरूद्वारा एक लाख ५० हजार सहयोग गरिएको शिक्षक दिवाकर पन्थीले जानकारी दिए । कार्यक्रममा तिलोत्तमा वडा नं. १ का अध्यक्ष फर्सुराम गिरी, प्याब्सन रूपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, विद्यार्थी आयुसा भुसाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित