रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

क्यान्सर पीडित सुनितालाई आर्थिक सहयोग गरिदिन आग्रह

बुटवल  :  तिलोत्तमा ५ नयाँ मिल चौपारी निवासी २३ वर्षीया सुनिता खनाललाई आर्थिक सहयोग गरिदिन परिवारले सबैमा आग्रह गरेको छ ।

बुटवल बहुमुखी क्याम्पसमा बिबिएमा अध्ययनरत खनाललाई ब्लड र बोनम्यारो क्यान्सर भएको हुँदा परिवारले उपचारको लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ ।

क्यान्सरबाट पीडित खनालको अहिले भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार भइरहेको र थप उपचारको लागि आर्थिक अभाव हुँदा सहयोग गरिदिन आग्रह गरिएको हो ।

उनको उपचारमा धेरै पैसा लाग्ने हुँदा परिवारको आर्थिक अवस्था कम भएको हुँदा सहयोगी मनहरूलाई एनआईसी एसिया बैंकमा रहेको उनको खातामा नम्बर १०५५७५११०६३००००१ वा ई – सेवा नम्बर ९७४८८१९६५२ मा सहयोग गर्न बहिनी सपना खनालले आग्रह गरेकी छन् ।

उनको गत जेठ महिनादेखि उपचार भइरहेको र अहिलेसम्म करिब ८० लाख खर्च भएको हुँदा अझै ३ वर्षसम्म नियमित उपचार गर्नु पर्ने भएकाले आर्थिक अभाव भएको उनको भनाइ छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित