लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवलको जंगलमा प्रहरी हवल्दार मृत भेटिए

रुपन्देहीको बुटवल जंगलमा नेपाल प्रहरीका एकजना हवल्दार मृत फेला परेका छन्।

प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत प्रहरी हवल्दार भुपेन्द्र ठकुल्लाको बुटवलको जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी भरत विकले जानकारी दिए।

‘हाम्रो अनुसन्धानमा उनी काठमाडौँबाट नेपालगन्ज फर्किंदै गर्दा एक्लै जंगलमा झरेको देखिन्छ्,’ एसपी विकले भने, ‘हामीले पुस २९ गते बुटवल उपमहानगरपालिका- ७ स्थित शिवनगर सामुदायिक वनमा उनको शव भेटेका हौँ। हामीले भेट्दा शव सडिकसको अवस्था थियो।’

ठकुल्लाको मानसिक अवस्था ठिक नभएको पाइएको एसपी विकले बताए।

‘उनको मानसिक अवस्था ठिक रहेनछ। एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेछन्। जंगलमा खान नपाएर उनको मृत्यु भएको पनि हुनसक्छ। पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ,’ एसपी विकले भने।

ठकुल्लाको शव पोष्टमार्टमपछि आफन्तले बुझिलगेका उनले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित