रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

बुटवलको जंगलमा प्रहरी हवल्दार मृत भेटिए

रुपन्देहीको बुटवल जंगलमा नेपाल प्रहरीका एकजना हवल्दार मृत फेला परेका छन्।

प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत प्रहरी हवल्दार भुपेन्द्र ठकुल्लाको बुटवलको जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी भरत विकले जानकारी दिए।

‘हाम्रो अनुसन्धानमा उनी काठमाडौँबाट नेपालगन्ज फर्किंदै गर्दा एक्लै जंगलमा झरेको देखिन्छ्,’ एसपी विकले भने, ‘हामीले पुस २९ गते बुटवल उपमहानगरपालिका- ७ स्थित शिवनगर सामुदायिक वनमा उनको शव भेटेका हौँ। हामीले भेट्दा शव सडिकसको अवस्था थियो।’

ठकुल्लाको मानसिक अवस्था ठिक नभएको पाइएको एसपी विकले बताए।

‘उनको मानसिक अवस्था ठिक रहेनछ। एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेछन्। जंगलमा खान नपाएर उनको मृत्यु भएको पनि हुनसक्छ। पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ,’ एसपी विकले भने।

ठकुल्लाको शव पोष्टमार्टमपछि आफन्तले बुझिलगेका उनले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित