लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

कपिलवस्तुमा बस दुर्घटना १० काे मृत्यु ३० घाइते

कपिलवस्तुकाे सुरईनाका खाेलामा वस दुर्घटना हुदा १० जनाको मृत्युु भएको छ ।

राति २ वजेतिर भएको दुर्घटनामा परि ३० यात्रु घाईते भएका छन । दुर्घटनाका घाइते भएकाहरु मध्ये सामान्य केहीकाे कपिलवस्तुकै चन्द्राैटामा उपचार भैरहेकाे छ भने अन्य केहीकाे लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा उपचार भैरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवरत्न पाैडेलका अनुसार सुदुपश्चिम प्रदेश ०२-००१ ख ००९८ नम्बरको वस महेन्द्रनगर वाट काठमाडौं जाँदै गर्दा कपिलवस्तुकाे सुरईनाकामा दुर्घटनामा परेको हाे ।

सुनाैलाे यतायात प्रालिको उक्त वस सुरईनाका खाेलाकाे पुल पार गर्ने बित्तिकै सडकवाट करिव २ सयमिटर तल खाेलामा खसेको छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको टाेलीले तत्कालै घटनास्थलवाट समयमै उद्वार गरेको छ ।

रातिदेखि नै आफुहरु उद्वारका लागि घनास्थलमै रहेकाले दुर्घटना के कारणले भएको भन्ने यकिन नभएको कपिलवस्तु जिल्ला ट्राफिक प्रमुख प्रहरी निरिक्षक अनिश भण्डारीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित