गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

रुपन्देहीको कञ्‍चन गाउँपालिकामा क्लोथ बैंक सञ्‍चालन हुने

रुपन्देही । रुपन्देहीको कञ्‍चन गाउपालिकामा क्लोथ बैंक सञ्‍चालन हुने भएको छ ।

कन्चन गाउपालिका, जेसीआई कञ्‍चन र क्लोथ एण्ड फूड बैंक नेपालबीच आज क्लोथ बैंक सञ्‍चालन गर्ने सम्बन्धि सम्झौता भएको हो ।
क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना, कञ्‍चन गाउँपालिका र जेसीआई कञ्‍चनको सहकार्यमा क्लोथ बैंक सञ्‍चालन गर्न लागिएको कुरा कन्चन गाउपालिकाका प्रमुख नबराज ढकालले बताए।

जेसीआई कञ्‍चन वर्ष २०२४ का अध्यक्ष जेसी धनपति ज्ञवाली सन्देशले “पुरानो कपडालाई पुनः प्रयोग” भन्‍ने मुल नाराका साथ सुरु हुने यो अभियानले कञ्‍चनबासीको हित हुने विश्‍वास व्यक्त गरे ।

कञ्‍चन गाउँपालिकाका विभिन्‍न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुनः प्रशोधन गरी आवश्यकताका आधारमा वितरण गरिने देशका सातै प्रदेशमा सञ्‍चालन हुन लागेको यो अभियानको बुटवलबाट औपचारिक शुभारम्भ हुन लागेको बताउदै देशभरी १७८ वटा शाखा मध्‍ये कन्चन गाउपालिका सगैको सहकार्यमा जेसीआई कञ्‍चनलाई क्लोथ एण्ड फूड बैंक नेपालले सो अवसर प्रदान गरेकोमा खुसी समेत व्यक्त गरे ।
उहाँले यस परोपकारी कार्यमा जोडिन यस क्षेत्रमा रहेका सम्पूर्ण संघ सस्था साथै गाउँपालिका बासी सबैलाई अनुरोध समेत गरे। नेपालमै र कञ्‍चन गाउँपालकिकामा पनि पहिलो पटक सबैलाई पायक पर्ने विभिन्‍न स्थानहरूमा सुरु गर्न लागेको क्लोथ बैंकमा आफ्नो घरमा भएका र प्रयोगमा नआएका कपडा दान गर्न सक्ने छन् भने आवश्यक पर्नेहरूले निःशुल्क लिन सक्ने छन ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जि.सी.ले आगामी दुई बर्षमा कपडा विहीनमुक्त बनाउने र २०८२ सम्ममा देशभर फूड एम्बुलेन्स समेत सञ्‍चालन गर्ने योजना बनाएको र अहिले सम्म १५४ स्थानीय सरकार यो अभियानमा जोडिएको जानकारी दिनुभयो। साथै देशका सातै प्रदेशमा सञ्‍चालन हुन लागेको यो अभियानको औपचारिक शुभारम्भ यहि फागुन ५ गते बिहान ८:३० बजे बुटवल उपमहानगरपालिकामा एक कार्यक्रमका बीच राष्ट्रका महानायक राजेश हमालको विशेष उपस्थितिमा हुन लागेको समेत जि.सीले जानकारी दिए।

उक्त समारोहमा जेसीआई कञ्‍चनका पूर्व अध्यक्ष तथा २०२४ का अध्यक्ष प्रमुख सल्लाहकार जेसी बाबुराम पौडेल र जेसीआई कञ्‍चनका पूर्व अध्यक्ष तथा जेसीआई नेपालका राष्ट्रिय उपाध्यक्ष जेसी राजन शर्मा पौडेलले यस अभियानको पूर्ण सफलताको शुभकामना दिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित