रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

शान्ति नमुनाले मनायो ६५ औं वार्षिकोत्सव, पत्रकार यमलाल भुसाल पुरस्कृत

बुटवल । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले बिहिबार ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शिक्षाले नै समाजको परिवर्तनमा अमूल्य योगदान पु¥याउने भन्दै त्यसका लागि शान्ति नमुनाले आगामी दिनमा शैक्षिक गुणस्तरलाई कायम राख्न सक्षम हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडे, तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष रुप कुमार रायमाझी ,अक्षयकोषदाता प्रेम बहादुर भण्डारी लगायतले विद्यालयको शैक्षिक विकासका लागि योगदान पु¥याउने प्रतिबद्धता जनाउदै शुभकामना दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थी संख्याका आधारमा जनशक्ति तथा पूर्वाधारको अभाव भएको भन्दै शैक्षिक गुणस्तरका लागि तीनै तहका सरकारलाई सहयोगको दायरा बढाउन आग्रह गरे ।
वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहतर विकासका लागि योगदान पु¥याउने ४९ जना शिक्षक कर्मचारी, १ जना निवृत शिक्षक, २ जना समाजसेवी, २६ जना उत्कृष्ट अभिभावक र ८ जना अक्षयकोषदातालाई सम्मान गरिएको थियो । यस्तै विद्यालयमा क्रियाशिल क्लवहरु मध्ये बाल क्लव र आइसिटि क्लवलाई सम्मान गरिएको थियो ।


यसैगरी विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरी यस वर्ष उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल ४८ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने एस.इ.इ.मा ए प्लस ल्याउने १९ जना र कक्षा १२ उत्तीर्ण ३ सय ४८ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । यसैगरी डिएचएममा विशिष्ट श्रेणीमा उत्तीर्ण २ जना र वर्ष उत्कृष्ट विद्यार्थीको रुपमा ३ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
यस्तै विभिन्न दाताहरुले स्थापना गरेका ५७ वटा अक्षयकोषबाट २ सय २० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो भने एनसिसिका ७६ जनालाई समेत पुरस्कृत गरिएको थियो । यसैगरी १२ कोठे भवनको उद्घाटन तथा ३६ कोठे भवनको शिलान्यास समेत गरिएको थियो ।
यस्तै, शान्ति नमुनाले आयोजना गरेको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने एभरेष्ट माध्यमिक विद्यालयलाई नगद रु.१२ हजार, द्वितीय स्थान प्राप्त गर्न सफल ग्रिन प्लान्ट बोर्डिङ स्कुललाई नगद रु.९ हजार, तृतीय हुने सुनगाभा बोर्डिङ स्कुललाई नगद रु ७ हजार र प्रोत्साहन स्थान प्राप्त न्यू होराइजन बोर्डिङ स्कुललाई नगद रु. ४ हजार ५ सय, प्रमाणपत्र र मेडल सहित पुरष्कृत गरिएको प्रतियोगिताका संयोजक मोहन पौडयालले जानकारी दिए ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक किशोर कुमार खनालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक दिपेन्द्र कुमार शाक्य र दश जोड दुईका संयोजक राजेन्द्र के.सी.ले गरेका थिए ।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले पि.टि. प्रदर्शन, परम्परागत नृत्य, गायन तथा विभिन्न झाँकीहरु प्रस्तुत गरेका थिए ।


विद्यालयमा हाल करिव ६ हजार विद्यार्थीहरु अध्ययनरत छन् भने २ सय १४ जना शिक्षक कर्मचारी कार्यरत छन् ।
यसैबीच, शिक्षा क्षेत्रमा योगदान पु¥याउने पत्रकार यमलाल भुसाललाई पुरस्कृत गरिएको छ । स्व. फत्त बहादुर÷ देउमती काउँचा स्मृति पत्रकारिता पुरस्कारबाट भुसाललाई नगद, दोसल्ला तथा करुवा सहित पुरष्कृत गरिएको हो । राज्य टेलिभिजनका समाचार प्रमुख रहनुभएका भुसाललाई शान्ति नमुना मा. वि. सहित सामुदायिक विद्यालयहरुको गतिविधिहरुलाई पत्रिकारिताको माध्यमबाट जनमानसमा पु¥याउन गरेको योगदान स्वरुप सम्मान गरिएको विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित