गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

लुम्बिनी गुरूयोजना अलपत्र परेको भन्दै रास्वपाको दबाब यात्रा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार लुम्बिनी गुरूयोजनामा दबाब यात्रा गरेको छ।

बुधबार बिहान १० बजे लुम्बिनीको १२ नम्बर गेटबाट रास्वपाले दबाब यात्रा सुरू गरेको हो।

पार्टी सभापति रवि लामिछाने, सांसस लक्ष्मी तिवारी सहितको टोलीले दबाब यात्रा गरेका हुन्।

२०७७ सालमा ७.५ अर्बको स्रोत सुनिश्चितता भएको तर पहुँच मार्ग बनाउने ठेक्का बजेट विनियोजन नहुँदा अलपत्र परेपछि दबाब यात्रा गरिएको रास्वपाले जनाएको छ।

लुम्बिनी गुरूयोजना ४६ वर्षअघि सुरू भएको अवधारणा हो। सन् १९७८देखि सुरू भएको यो अवधारणाअनुरूप अहिलेसम्म काम हुन नसकेको भन्दै रास्वपाले दबाब यात्रा गर्नुपरेको बताएको छ।

रास्वपाले सातै प्रदेशका तीन—तीनवटा अलपत्र विकास आयोजना निर्माण पूरा गर्न दबाब यात्रा गरिरहेको छ। यसअघि पुस ९, १०, ११ गते नारायणगढ—बुटवल सडकखण्डमा रास्वपाले दबाब यात्रा गरेको थियो। यस्तै माघ २१ गते राष्ट्रिय गौरवको आयोजना मेलम्चीमा पनि दबाब यात्रा गरेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित