प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

सरस्वती पूजाको अवसरमा बुटवलले विद्यालयलाई दियो पूस्तक

बुटवल-बुटवल उपमहानगरपालिकाले सरस्वती पूजाको अवसरमा बुटवलभित्रका विद्यालयहरुलाई पुस्तक उपहार दिएको छ।

बुटवल उपमहानगरपालिकाको ६५औ स्थापना दिवसमा आयोजित लोकनृत्य प्रतियोगिताकै अवसरमा नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले नेपाल-अंग्रेज युद्धसम्बन्धि निर्मल श्रेष्ठले लेखेको पुस्तक उपहार दिएका हुन्।

बुटवलभित्रका सबै विद्यालयहरुलाई बुटवलको इतिहास र यसक्षेत्रका विषयहरुमाथि लेखेका पुस्तक विद्यालयहरुमा पुर्‍याउने उदेश्यले पहिलो चरणमा इतिहाससम्बन्धि पुस्तक प्रदान गरिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए।

विद्यालयहरुमा पूस्तकालय स्थापना तथा पाठ्यक्रमभन्दा बाहिरको ज्ञान समेत विद्यार्थीलाई अध्ययनमा रुचि बढाउन पुस्तक वितरण गर्ने उनले बताए। उनले बुधबार २२ वटा विद्यालयलाई पुस्तक दिइएको र बाँकीलाई अरु पुस्तक समेत थप गरी प्रदान गरिने बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित