गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

मानव कर्तव्य दिवसका लागि हस्ताक्षर अभियान चलाउदै नेपाल जेसीज

बुटवल । नेपाल जेसीजले मानव कर्तव्य दिवसका लागि हस्ताक्षर अभियान थालेको छ । नयाँ नेतृत्व चयन भएसंगै नेपाल जेसीज बर्ष २०२४ का राष्ट्रिय अध्यक्ष सिनेटर रबिन पोख्रेलको अगुवाइमा नेपालमा ‘मानव कर्तव्य दिवसका लागि हस्ताक्षर अभियान’ शुरु भएको हो । जुलाई १० तारिकमा अन्तरास्ट्रिय मानव कर्तब्य दिवस मनाउने गरि सोही दिन संयुक्त राष्ट्रसंघलाई संकलित हस्ताक्षर बुझाइने छ ।

मानव कर्तव्यको उपयोगमा आफ्नो कर्तव्य पुरा गर्दै गर्दा राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताजस्ता कुराहरूलाई समेत मनन गर्नुपर्ने अध्यक्ष पोख्रेलको भनाइ छ ।

विश्वव्यापीरूपमा स्थापित मानव कर्तव्यको सम्मान, संरक्षण तथा सम्वर्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चितता भए पनि यसको प्रवर्द्धन र कार्यान्वयनका लागि विभिन्न निकायहरूसमेत क्रियाशिल हुन आवश्यक हुने उहाँको भनाइ छ ।

‘मानीसका प्रकृति, प्रतिष्ठा, आदर्शमा विश्वास गर्ने मत वा सिद्धान्त, मानिसले मानिसप्रति गर्ने राम्रोव्यवहारको सिद्धान्तलाई ख्याल गरी मानव कर्तव्यका लागि हस्ताक्षर सङ्कलन गरिने छ ,गरिबी, अशिक्षा र आर्थिक रुपमा कमजोर भएको हाम्रो जस्तो नेपाली मुलुकमा मानव कर्तव्य जाेगाउन सकारात्मक पहल कदमी गरेका हौँ ।-उहाँले भन्नुभयो ।

हस्ताक्षरले एउटा सकारात्मक वातावरण सिर्जना गर्ने उहाँको धारणा छ । क्युआर कोर्ड मार्फत् आफ्नो मत राख्न सकिने र यो अभियानमा सहभागिता जनाउन सकिनेछ । मानव कर्तब्यका लागि यस अभियानमा सबै नेपालीले सक्रियता पूर्वक सहभागिता जनाउन उहाँको आग्रह छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित