गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

शान्ति नमुनामा रक्तदान तथा पढाइ महोत्सव

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा सोमबार रक्तदान कार्यक्रम गरिएको छ ।

विद्यालयको ६५ औं वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विष्णुप्रसाद अर्यालले जानकारी दिए । युवा रेडक्रस सर्कल शान्ति नमुना माविको आयोजनामा भएको सो कार्यक्रममा रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मणिग्राम उपशाखाका सभापति तथा पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले रक्तदानले मानव जीवन बचाउने भन्दै विद्यार्थी जीवनबाटै मानवीय र सामाजिक काममा लाग्नु पर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयले विद्यार्थीहरुमा मानवीय भावनाको विकास गराउदै उनीहरुमा सदभावनाको विकास गराउन यस प्रकारका कार्यक्रम गरेको बताए ।

यसैबीच, विद्यार्थीहरुको पढाईप्रति अभिरुचि जगाउने उद्धेश्यका साथ पढाई महोत्सव गरिएको छ । पढाइ महोत्सवमा कक्षा १, २ , ३ का विद्यार्थीहरु सहभागी भएर पढाइका विभिन्न क्रियाकलापमा सहभागी भएको कार्यक्रमका संयोजक बसन्ती भण्डारीले जानकारी दिए ।

यसैगरी खेल सप्ताहमा सञ्चालित विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने तथा शैक्षिक रुपमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।

पुरस्कार वितरण कार्यक्रममा विद्यालयका सल्लाहकारहरु रोमणी प्रसाद पाठक, टेक बहादुर थापा, विद्यालय व्यवस्थापन समिति सदस्यहरु बुद्धि प्रसाद डुम्रे, चन्द्रकान्त खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष जमुना तिवारी, सदस्य सुनिता पाण्डे, सहायक प्रधानाध्यापक किशोर कुमार खनाल, अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेय लगायत सहभागी हुनुभएको थियो ।

वार्षिकोत्सवको मुल कार्यक्रम फागुन २ गते हुनेछ । वार्षिकोत्सवका अवसरमा छात्रवृत्ति, पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, ‘नानी’ मुखपत्रको विमोचन, पत्रकार सम्मान, सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कंडेलले जानकारी दिए ।

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित