रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

बुटवलमा भोली देखि प्रथम अन्तर विद्यालय लोकनृत्य

बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६५ औं स्थापना दिवसको अवसर पारेर भोलीदेखि दुई दिने प्रथम अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता गर्ने भएको छ । संस्कृति संरक्षण गर्दै सामाजिक एकता, मनोरञ्जन र उत्सवको रूपमा प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा बुटवल भित्रका ४४ सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
प्रतियोगिता बुटवल उपमहानगरपालिकाको परिसरमै हुनेछ । प्रतियोगितामा प्रथम हुने विद्यालयले १ लाख, द्धितीय हुनेले ६० हजार, तृतीय हुनेले ३० हजार नगद र प्रमाणपत्र पाउनेछन । ‘लोकनृत्य समाजको सांस्कृतिक समृद्धि जीवित प्रमाण हो’ मेयर पाण्डेयले भने, ‘जसले संस्कृतिको संरक्षण, सामाजिक एकता, पहिचानको अभिव्यक्ति, मनोरञ्जन र उत्सवको भूमिका खेल्दछन ।’ लोकनृत्य प्रतियोगितामा ५ हजार बढी अवलोकन गर्ने कार्यक्रम संयोजक नारायण पुनले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित