रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

बुटवलको अक्सफोर्डमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सुरु (तस्वीरहरु)

बुटवल । बुटवल सुख्खानगर स्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम सुरु गरेको छ ।

दुई दिन सम्म चल्ने उक्त कार्यक्रममा पहिलो दिन प्री नर्सरी देखि कक्षा २ सम्मका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम गरेका छन् । उक्त कार्यक्रमको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गरिन ।

सो अवसरमा बोल्दै उनले बालबालिकाको अन्तरनिहित प्रतिभा उजागर गर्न यस्तै सांस्कृतिक कार्यक्रमको ठुलो भुमिका रहने बताईन । विद्यार्थीहरुलाई कितावी ज्ञान भन्दा पनि ठुलो ज्ञान यस्ता अतिरिक्त क्रियाकलापबाट हुने भन्दै संस्कार सहितको शिक्षामा अक्सफोर्डले जोड दिएको उनले प्रसंसा गरिन ।

कर्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विद्यार्थीहरुको सफलता उनीहरुको अंकमा मात्र मापन गर्न नसकिने भन्दै विद्यालय संस्कार सहितको शिक्षालाई अंगिकार गरेको बताए । उनले राजधानी र केही अन्तर्राष्ट्रिय स्कुल संगको सहकार्यमा विद्यार्थीलाई बढि भन्दा बढि उपयोगी शिक्षा प्रदान गर्न विद्यालयले लागेको भन्दै अभिभावक यसका लागि साथ दिनुपर्ने बताए ।

विद्यालयको एक्लो प्रयासले मात्र विद्यँर्थीहरुको संवार्ण विकासमा परिर्वतन ल्याउन नसकिने भन्दै अभिभावकहरुले आफ्ना सन्तानलाई कम तर गुणस्तरिय समय दिनुपर्ने बताए ।

पछिल्लो समय बालबालिका बढि प्रविधि संग घुलमिल भइरहेको र त्यसबाट केही नकरात्मक प्रभाव पनि परेको भन्दै अभिभावकले यसमा सहजीकरण गर्नुपर्ने बताए । कार्यक्रममा कक्षा १ र २ का विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै विभिन्न सांस्कृतिक, भेषभुसा, रहनसहन सम्बन्धी नृत्य, सचेतनामुलक नाटक समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको दोस्रो दिन मंगलबार कक्षा २ देखि १० सम्मका विद्यार्थीहरुको सांस्कृतिक कार्यक्रम संगै पुरस्कार वितरण हुने बताइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित