निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

बुटवलको अक्सफोर्डमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सुरु (तस्वीरहरु)

बुटवल । बुटवल सुख्खानगर स्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम सुरु गरेको छ ।

दुई दिन सम्म चल्ने उक्त कार्यक्रममा पहिलो दिन प्री नर्सरी देखि कक्षा २ सम्मका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम गरेका छन् । उक्त कार्यक्रमको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गरिन ।

सो अवसरमा बोल्दै उनले बालबालिकाको अन्तरनिहित प्रतिभा उजागर गर्न यस्तै सांस्कृतिक कार्यक्रमको ठुलो भुमिका रहने बताईन । विद्यार्थीहरुलाई कितावी ज्ञान भन्दा पनि ठुलो ज्ञान यस्ता अतिरिक्त क्रियाकलापबाट हुने भन्दै संस्कार सहितको शिक्षामा अक्सफोर्डले जोड दिएको उनले प्रसंसा गरिन ।

कर्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विद्यार्थीहरुको सफलता उनीहरुको अंकमा मात्र मापन गर्न नसकिने भन्दै विद्यालय संस्कार सहितको शिक्षालाई अंगिकार गरेको बताए । उनले राजधानी र केही अन्तर्राष्ट्रिय स्कुल संगको सहकार्यमा विद्यार्थीलाई बढि भन्दा बढि उपयोगी शिक्षा प्रदान गर्न विद्यालयले लागेको भन्दै अभिभावक यसका लागि साथ दिनुपर्ने बताए ।

विद्यालयको एक्लो प्रयासले मात्र विद्यँर्थीहरुको संवार्ण विकासमा परिर्वतन ल्याउन नसकिने भन्दै अभिभावकहरुले आफ्ना सन्तानलाई कम तर गुणस्तरिय समय दिनुपर्ने बताए ।

पछिल्लो समय बालबालिका बढि प्रविधि संग घुलमिल भइरहेको र त्यसबाट केही नकरात्मक प्रभाव पनि परेको भन्दै अभिभावकले यसमा सहजीकरण गर्नुपर्ने बताए । कार्यक्रममा कक्षा १ र २ का विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै विभिन्न सांस्कृतिक, भेषभुसा, रहनसहन सम्बन्धी नृत्य, सचेतनामुलक नाटक समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको दोस्रो दिन मंगलबार कक्षा २ देखि १० सम्मका विद्यार्थीहरुको सांस्कृतिक कार्यक्रम संगै पुरस्कार वितरण हुने बताइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित