लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवलमा फागुन ३ देखि ५ गते सम्म ‘एक चिहान नाटक’ मञ्चन हुने

बुटवल । बुटवलमा एक चिहान नाटकको मञ्चन हुने भएको छ । यहि फागुन ३,४ र ५ गते बुटवल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक चिहान नाटकको मञ्चन हुन लागेको हो । बुटवल ८ सुख्खानगर स्थित रागश्री संगीतालयको आयोजनामा हुन लागेको मञ्चनको तयारी पुरा भएको संगीतालयका व्यवस्थापन सुरेश सेञ्चुरीले पत्रकार सम्मेलन मार्फत जानाकारी दिए । हृदय चन्द्र सिंह प्रधानको लेखन रहेको नाटकको निर्देशन नकुल पौडेलको रहेको छ ।
काठमाडौंमा आउने आउने ११ जना र स्थानिय ५ कलाकार गरी नाटकमा कुल १६ कलाकारले विभिन्न भुमिकामा नाटक खेल्नेछन् । कुल ९ लाख खर्च अनुमान गरिएको नाटक मञ्चन दैनिक ३ शो हुने उनले बताए ।
उनंका अनुसार प्रत्येक विहान साढे ८ बजे, १ बजे र ३ बजे नाटक मञ्चन हुनेछ ।
पाठ्यक्रममा समेत समावेश भएको यो नाटकमा अधिकांश विद्यार्थीहरुको सहभागिता हुने सेञ्चुरीले बताए । नाटक अवलोकनका लागि प्रतिव्यक्ती ३५० रुपैयां टिकट दर कायम गरिएको छ । व्यवस्थापन सेञ्चुरीले एक चिहान नाटक मञ्चन पछि मोफसलमा पनि नाटक मञ्चन हुन सक्ने सन्देश बाहिर प्रभाव हुने बताए । पत्रकार सम्मेलनमा कलाकार बावुराम घिमिरे, संगीतालयका सदस्य माधव भण्डारी लगाएतले बोल्दै मोफसलमा हुन थालेको बहुचर्चित नाटकलाई अवलोकनका लागि आउन आग्रह गरे। कार्यक्रम सञ्चारकर्मी छाया पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित