रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

बुटवलमा फागुन ३ देखि ५ गते सम्म ‘एक चिहान नाटक’ मञ्चन हुने

बुटवल । बुटवलमा एक चिहान नाटकको मञ्चन हुने भएको छ । यहि फागुन ३,४ र ५ गते बुटवल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक चिहान नाटकको मञ्चन हुन लागेको हो । बुटवल ८ सुख्खानगर स्थित रागश्री संगीतालयको आयोजनामा हुन लागेको मञ्चनको तयारी पुरा भएको संगीतालयका व्यवस्थापन सुरेश सेञ्चुरीले पत्रकार सम्मेलन मार्फत जानाकारी दिए । हृदय चन्द्र सिंह प्रधानको लेखन रहेको नाटकको निर्देशन नकुल पौडेलको रहेको छ ।
काठमाडौंमा आउने आउने ११ जना र स्थानिय ५ कलाकार गरी नाटकमा कुल १६ कलाकारले विभिन्न भुमिकामा नाटक खेल्नेछन् । कुल ९ लाख खर्च अनुमान गरिएको नाटक मञ्चन दैनिक ३ शो हुने उनले बताए ।
उनंका अनुसार प्रत्येक विहान साढे ८ बजे, १ बजे र ३ बजे नाटक मञ्चन हुनेछ ।
पाठ्यक्रममा समेत समावेश भएको यो नाटकमा अधिकांश विद्यार्थीहरुको सहभागिता हुने सेञ्चुरीले बताए । नाटक अवलोकनका लागि प्रतिव्यक्ती ३५० रुपैयां टिकट दर कायम गरिएको छ । व्यवस्थापन सेञ्चुरीले एक चिहान नाटक मञ्चन पछि मोफसलमा पनि नाटक मञ्चन हुन सक्ने सन्देश बाहिर प्रभाव हुने बताए । पत्रकार सम्मेलनमा कलाकार बावुराम घिमिरे, संगीतालयका सदस्य माधव भण्डारी लगाएतले बोल्दै मोफसलमा हुन थालेको बहुचर्चित नाटकलाई अवलोकनका लागि आउन आग्रह गरे। कार्यक्रम सञ्चारकर्मी छाया पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित