गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

केएनआईटीका विद्यार्थीले बनाएको गार्वेज मेसिन सन्दिखर्क नगरपालिकाले किन्यो

बुटवल । बुटवल उपमहानरपालिका १२ मा रहेको कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुले बनाएको गार्वेज मेसिन अर्घाखांचीको सन्धिखर्क नगरपालिकाले खरिद गरेको छ ।
गार्वेज मेसिनले प्लाष्ट्रिकका बोत्तल, ड्रम, टिनका बट्टालाई कम्प्रेस गरेर त्यसको भोलुम घटाउने गर्दछ । शिक्षालयका विद्यार्थीहरुले बनाएको हेवी मेसिन यस क्षेत्रमै पहिलो हो । यसअघि प्रोजेक्ट वर्कको क्रममा विद्यार्थीहरुले टपरी बनाउने मेसिन बनाएका थिए । विद्यार्थीहरु विनोद पौडेल, सम्राट बस्याल, शुसिल चौधरी, सुवास पुरी, अमुल भट्टराई, मनिष थारु र अनुप घिमिरेको टिमले बनाएको गार्वेज मेसिन शिक्षालयले सन्धिखर्क नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
शिक्षालयका प्रमुख नविन किशोर गैरे र सिटिईभीटिका सदस्यसचिव ईन्जिनियर महेश भट्राईले सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरे । सो अवसरमा बोल्दै ईञ्जिनियर भट्राईले सिपलाई उद्यमशिलतामा लैजादै व्यवसायीकरण गर्नु नै प्राविधिक शिक्षा भएको भन्दै केएनआईटीका विद्यार्थीले गरेको यो प्राजेक्टबाट धेरै प्राविधिक क्याम्पसहरुले सिक्न सक्ने बताए ।


उनले विद्यार्थीले तयार गरेको मेसिन खरिद गरेर स्थानीय सरकारले हौसला प्रदान गरेको भन्दै यस्तै मेसिन खरिदका लागि बाहिर जाने रकम नेपालमै रहने बताए ।
गार्वेज मेसिनले १५० टनको बलमा बस्तुलाई च्याप्छ र त्यसको भोलुमलाई सानो बनाउंछ । खासगरी यो मेसिन बढि मात्रामा फोहोर प्रशोधन केन्द्रमा प्रयोग हुन्छ । शिक्षालय प्रमुख गैरेले विद्यार्थीहरुले बनाएको मेसिन सन्धिखर्क नगरपालिकाले खरिद गरेसंगै यसपछि आवश्यक प्राविधिक सहयोगका लागि शिक्षालय तयार रहेको बताए । शिक्षालयका रोजगार शाखा प्रमुख निरज तिवारीले मेसिन बनाउन निवेदन आएपछि विद्यार्थीहरुलाई बनाएको बताए ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले नगरभित्र आवश्यक मेसिन शिक्षालयबाट तयार भएमा आफुहरुले खरिद गर्ने प्रतिबद्धता जनाए । देवदह नगरपालिकाका नगरप्रमुख धुब्र खरेलले स्थानिय तहमा आवश्यक मेसिन खरिद गर्दा लाखौ रुपैया विदेशीने गरेकोमा नेपालीले बनाएको आवश्यक मेसिन आफुहरुले खरिद गर्ने बताए ।
भारतिय बजारमा २० देखि २५ लाख पर्ने गार्वेज मेसिन शिक्षालयले साढे ११ लाखमा सन्धिखर्क नगरपालिकालाई विक्रि गरेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित