लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

शान्तिको हाजिरी जवाफको उपाधि एभरेष्ट मा.वि.लाई

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले आइतबार जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरेको छ ।
रुपन्देही जिल्लाका २८ वटा विद्यालय सहभागी भएकोमा एभरेष्ट माध्यमिक विद्यालय प्रथम भएको छ । एभरेष्टले नगद रु.१२ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै द्वितीय भई ग्रिन प्लान्ट बोर्डिङ स्कुलले नगद रु.९ हजार, तृतीय भई सुनगाभा बोर्डिङ स्कुलले नगद रु ७ हजार र प्रोत्साहन स्थान प्राप्त न्यू होराइजन बोर्डिङ स्कुलले नगद रु. ४ हजार ५ सय, प्रमाणपत्र र मेडल प्राप्त गरेको प्रतियोगिताका संयोजक मोहन पौडेलले जानकारी दिए ।
यसअघि उद्घाटन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले विद्यार्थीको सृजनशिलता बढाउन यस प्रकारका कार्यक्रम प्रभावकारी हुने बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले जिल्लाभरका विद्यालयहरुबीच सद्भाव, सहकार्य र आत्मीयता अभिवृद्धि गर्ने उद्धेश्यले कार्यक्रम गरिएको भन्दै आगामी दिनमा अझ रचनात्मक कार्यक्रम गरिने जनाउनुभयो । कार्यक्रमको सञ्चालन शिक्षक दिनेश खड्का र रजनी के.सी.ले गरेका थिए ।
त्यस्तै आइतबार खाना महोत्सव समेत आयोजना गरिएको थियो । कक्षा आठ , नौ , एघार , बाह्र र डिप्लोमा इन होटल म्यानेजमेन्टका विद्यार्थीहरूको सहभागितामा खाना महोत्सवको आयोजना गरिएको हो । विद्यार्थीहरूले आवश्यक सामग्रीहरूको व्यवस्थापन आफै गरेर खानाका विभिन्न परिकार बनाएको कार्यक्रम संयोजक पिंकी शर्माले जानकारी दिए । विद्यार्थीहरूले पास्ता, मम, फुल्की, चटपट, सेलरोटी, चुकौनी, अचार, ढिकरी, मन्चुरियन , पकौडा लगायतका परिकार बनाएका थिए । खाना महोत्सवमा २३ वटा स्टल राखेर परिकारको व्यवस्थापन गरिएको थियो ।
यसैबीच ६५ औं वार्षिकोत्सवका अवसरमा सोमबार विद्यालयमा रक्तदान, पढाई महोत्सव, पुरस्कार वितरण कार्यक्रम गरिने भएको छ ।
वार्षिकोत्सवको मुल कार्यक्रम भने फागुन २ गते हुनेछ । वार्षिकोत्सवका अवसरमा छात्रवृत्ति, पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, नानी मुखपत्रको विमोचन, हालै बनेको भवनको उद्घाटन, ३६ कोठे भवनको शिलान्यास तथा सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका सूचना संयोजक दिनेश खड्काले जानकारी दिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित