गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

एघारौ जिल्ला स्तरिय अन्तर मा.वि. दिप गायन तारा फागुन ४ र ५ गते हुने

बुटवल । एघारौ जिल्ला स्तरिय अन्तर मा.वि. दिप गायन तारा फागुन ४ र ५ गते हुने भएको छ । बिद्यालयले अाफ्नो ४३ अौ स्थापना दिवसको अबसरमा एघारौ जिल्ला स्तरिय अन्तर मा.वि. दिप गायन तारा गर्न लागेको प्राचार्य टिकाराम न्यौपानेले बताए ।

प्रतियोगिता दुई चरणमा हुनेछ । प्रथम चरण फागुन ४ गते साढे १० बजे देखि हुनेछ । यस चरणमा प्रतियोगिले ट्रायविना गीत गाउनु पर्ने र यस चरणबाट उत्कृष्ट २० जनालाई दोस्रो चरणका लागि छनोट गरिने उनले पत्रकार सम्मेलन मार्फत जानाकारी दिए ।

त्यस्तै दोस्रो चरण फागुन ५ गते हुनेछ । उक्त दिन प्रथम चरणबाट छानिएका उत्कृष्ट २० जनाले ट्राय सहित गीत गाउने कार्यक्रम संयोजक बालकृष्ण पाठकले जानाकारी दिए ।

दोस्रो चरणमा परतियोगिले ट्रायक सहित एउटा राष्ट्रिय गीत र एउटा स्वैच्छिक गीत गाउनु पर्ने उनले बताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार द्वितिय हुनेले २० हजार, तृतिय हुनेले १० हजार र सान्त्वना हुने २ जनालाई नगद २ हजार सहित सिल्ड मेडल र प्माणपत्र प्रदान गरिने उनले बताए ।

प्रतियोगितामा सम्पन्न गर्न कुल ६ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगतामा कक्षा १२ सम्मका बिद्यार्थीहरुले सहभागिता जनाउने पाउने बिद्यालयले जनाएको छ ।

यस प्रतियोगितामा हालसम्म अस्मिता चापागाईं, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नविन परियार, दीप्सन श्रेष्ठ, वर्षापरियार, सक्सेस पाण्डे, कुशल आचार्य विवेक पङगेनी गरी जम्मा १० जना विद्यार्थीहरू दीप गायन तारा बन्न सफल भएका छन् भनेविजेता ती विद्यार्थीहरू हाल राष्ट्रिय कलाकारिताको क्षेत्रमा स्थापित भएको प्राचार्य न्यौपानेले बताए ।

दीप बोर्डिङ हाई स्कुल २०३७ फागुन गते स्थापना भएको संस्थागत विद्यालय हो यस विद्यालयले गुणस्तरीय शिक्षा अतिरिक्तक्रियाकलाप मार्फत् विद्यार्थीहरूमा अन्तर्निहित क्षमताको प्रस्फुटन गर्दै आइरहेको यस विद्यालयले नगर, जिल्ला राष्ट्रव्यापीकविता लेखन, वक्तृत्वकला, वादविवाद, निबन्धलेखन, हाजिरीजबाफ, चित्रकला, भलिबल, टेबलटेनिस, कराँते, कबड्डी लगायतविभिन्न प्रतियोगितामा अब्बल नतिजा ल्याउँदै आइरहेको बिद्यालयले जनाएको छ

पत्रकार सम्मेलन कार्यकम शिक्षक पुरुशोत्तम पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित