प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

अनियमित विद्युत कटौतीविरुद्ध उद्योगीको आपत्ति

थलापरेका उद्योगलाई बन्द गराउन प्राधिकरण सहयोगी बन्दैछ
रुपन्देही ।
रुपन्देहीमा अघोषित विद्युत कटौती (लोडसेडिङ) ले उद्योगमा उत्पादन कार्य ठप्प भएको उद्योगीले गुनासो गरेका छन् । केही समययता विद्युतको समस्या झेल्दै आएका रुपन्देहीका उद्योगी २४ घण्टा नै केही दिनदेखि अघोषित रूपमा लोडसेडिङको मारमा परेको बताए । ३३ केभिए तथा ११ केभिए औद्योगिक कोरिडोरका उद्योगहरुमा विगत केही दिनदेखि २४ घण्टै अघोषित विद्युत कटौती भइरहेको रुपन्देही उद्योग घंका अध्यक्ष दिलिप सापकोटाले बताए ।
उद्योगहरुमा भएको अघोषित लोडसेडिङले उद्योगहरुको उत्पादनमा रहेका कच्चा पदार्थ बिग्रेको, बजारमा मालवस्तुको अभाव सिर्जना भइसकेको तथा मूल्यवृद्धि हुने डर रहेको उनले बताए । उनले भने, ‘यस्तो आर्थिक संंकटमा उद्योग चलाउनुपरेको छ, अघोषित विद्युत कटौतीले झनै संकटमा पार्यो, विविध प्रकारका नोक्सानी व्यहोर्नुपरेको कारण निर्वाध रुपमा उद्योगहरु सञ्चालन हुन नसकी उद्योगहरु बन्द हुन स्थितिमा पुगेका छन् ।’
राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उद्योगहरुलाई गुणस्तरीय तथा निरन्तर विद्युत आपूर्तिको तालिका मिलाइ उद्योग सञ्चालनको वातावरण सिर्जना गर्न उनले माग गरे ।
उद्योगमा पटक पटक विद्युत कटौती भएकाले उद्योग सञ्चालन ठप्प रहेको भन्दै नेपाल विद्युत प्राधिकरणको प्रदेश कार्यालयमार्फत प्रणाली सञ्चालन विभाग, विद्युत कार्यालय बुटवल ग्रिड शाखा र वितरण केन्द्र भैरहवा, बुटवल तथा नयाँमिललाई समेत रुपन्देही उद्योग संघले शुक्रबार ध्यानाकर्षण गराएको छ ।
उद्योगमा केही समययता दैनिक १२ घण्टासम्म अघोषित रूपमा लोडसेडिङ रहेको .द्योगीहरुको भनाइ छ । जसले उद्योग सञ्चालनमा समस्या आएको उद्योग संघका निवर्तमान अध्यक्ष माधव पौडेलले बताए । उनले उद्योग सञ्चालन हुन नसक्दा आपूर्तिमा असहज हुने चिन्ता व्यक्त गरे । उनले भने, ‘उद्योग सञ्चालन हुन नसके मूल्यवृद्धि हुन सक्छ, सामान आयात गर्नुपर्ने अवस्था आउँछ, जसले गर्दा व्यापार घाटा पनि बढ्छ ।’
पन्चकन्या उद्योगका प्रबन्धक देवेन्द्र साहुले प्राधिकरणले विद्युत दिन नसक्ने भए पूरै उद्योग बन्द गर्न तयार रहेको तर यसरी सूचनाबिना कटौती गरेर थला परेका उद्योगीलाई थप हतोत्साहित नबनाउन आग्रह गरे । ‘यसैपनि हाम्रा उद्योग आधा चलेका छैनन्, यस्तो समयमा हामीले कुन समयमा काम गरेर उद्योग थेग्ने अवस्थामा छौं, त्यसमाथि जुनसुकैबेला कटौती गरेपपछि कतिबेला चलाउने ?’ उनले प्रश्न गरे ।
संघका महासचिव तथा बुटवल औद्योगिक क्षेत्रका उद्योगी हिरामणि भट्टराईले अनियमित विद्युत कटौती गर्ने समस्या आए तत्काल सूचना दिन माग गरे ।
‘देशको समस्या हामी उद्योगी व्यवसायीले पनि बुझेका छौं । समस्या भए लोडसेडिङको तालिका दिनुपर्यो’ उनले भने । लोडसेडिङ गर्ने भए तालिका बनाएर उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना हुनुपर्ने उनको माग छ । उद्योग सञ्चालन गर्न नपाइने भए लिखित रुपमा जानकारी गराउनुपर्ने उद्योगीको माग छ ।
रुपन्देहीको लुम्बिनी कोरिडोरमा मात्रै २ दर्जन बढी र भैरहवा बुटवल क्षेत्रमा दर्जन बढी उद्योग अहिले बन्द सरहको अवस्थामा पुगेको उद्योगी बताउँछन् । उद्योगी तथा रुपन्देही उद्योग संंघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्योगलिे मागगरेअनुसार तत्काल समय तालिकाअनुसार विद्युत कटौती गर्न र उद्योगीहरुको माग पूरा गर्न आग्रह गरे ।
नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख इं हरिप्रसाद पाण्डेले विद्युत् आपूर्तिमा समस्या भएको कारण उद्योगतर्फ समस्या आएको बताए । उनले भने, आएको विद्युत हामीले वितरण गर्ने हो, उद्योगहरुको माग अनुसारको आपूर्ति नभएकोले विद्युत अनियमित हुने गरेको हो, यो अघोषित कटौती हो लोडसेडिङ होइन । ’ उनले प्रदेशमा अहिले के कति समस्या भएको हो भनेर केही दिनमा तथ्यांक निकालेर उद्योगीसँग समन्वय गरेर तालिका निकाल्ने बताए । उनले अहिले पानी नपरेर उत्पादन कम भएको, र भारतबाट चाहेजति किन्न नसकिएकाले समस्या भएको बताए ।
((((((((((((((((((

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित