रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

रिसाउँदै जव मन्त्री थापाले दुई मिनेटभित्रै आफ्नो मन्तव्य सकाए !

प्यूठानमा आयोजित तेह्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्दघाटन कार्यक्रममा पुगेका लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य, श्रम तथा यातायात मन्त्री सरोज थापा (रोज राणा) रिसाएका छन् ।

आयोजकले कार्यक्रमको फितलो व्यवस्थापन गरेको भन्दै मन्त्री थापाले दुई मिनेटभित्रै आफ्नो मन्तव्य सकाएका थिए ।

‘कार्यक्रम व्यवस्थित गर्न सकिन्न भने तपाईंहरूलाई कार्यक्रम गर्ने अधिकार छैन, मन्त्री थापाले भने,’सरकारीस्तरमा आयोजना हुने कार्यक्रम जसरी गरे पनि हुन्छ भन्ने मान्यताप्रति मेरो गम्भीर आपत्ति छ’ यो लापरवाहीको बारेमा प्रदेशमा कुरा उठाउने उनले बताए ।

आफ्नो कर्तव्यप्रति आफू सजग तथा प्रतिबद्ध रहेको उनले सुनाए। विद्यार्थी खेलाडीलाई मन्त्री थापाले सफलताको शुभकामना दिएका छन् ।

जिल्ला खेलकुद विकास समिति प्यूठानको आयोजनामा प्रतियोगिता आजदेखि गणतान्त्रिक खेल मैदान बिजुवारमा सुरु भएको छ ।

प्रतियोगितामा भलिबल, एथलेटिक्स, कराँते, तेक्वान्दो र कबड्डी विधामा विद्यार्थी खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । ९ वटै स्थानीय तहबाट विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति प्यूठानका अध्यक्ष हुमलाल नेपालीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित