गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

अक्सफोर्ड मा.वि बुटवलमा आजबाट खेल महोत्सव सञ्चालन

स्वास्थ्यकाे लागि खेलकुद भन्ने नारासहित अक्सफोर्ड मा.वि बुटवलमा आजबाट खेल महोत्सव सञ्चालन भएको छ। सिद्देश्वरी खेल मैदानमा भएको खेलको उद्‌घाटन प्राध्यापक सुमन भुसालले गरे ।

उद्‌घाटन गर्दै प्राध्यापक भुसालले अक्सफोर्ड मा.वि विद्यार्थीहरुको चौतर्फी विकासको लागि लागिरहेको र यस्ता खेलकुदले खेलाडीहरूको क्षमता पहिचान गरि राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

क्रिकेट क्षेत्रका नक्षत्र कुशल भुर्तेल र देव खनाल एवम् फुटवलमा सरोज दर्लामी र प्रितम कार्की पनि आफ्नै उत्पादन भएकोले अक्सफोर्डले खेलाडि समेत उत्पादन गरेको स्मरण गर्दै प्राध्यापक भुसालले नेपाली खेलाडिको समेत प्रशंसा गरे ।

खेल सप्ताहको पहिलो दिन विभिन्न विद्यामा प्रतिस्पर्धा भएको छ।

छात्र सटपुटतर्फ सरिन धर्ती, रिजन राना, सौगात थापा,छात्रातर्फ किवी राना,आस्था रिजाल, रुस्मा अर्याल प्रथम द्वितीय र तृतीय भएका छन्। १०० मिटर दौड छात्रतर्फ सरोज न्यौपाने, विवस रसाली र युरन राना त्यस्तै ४०० मिटर दौडमा युरन राना, सरोज न्यौपाने,विवश रसाली प्रथम, द्वितीय र तृतीय भएका छन् ।

एकल प्रतिष्पर्धात्मक खेलमा प्रथम हुनेलाई १ महिनाको मासिक शुल्क छुटु गरिदिने समेत संस्थाका प्राचार्य दिनेश भुसालले बताए ।

खेलकुद महोत्सवलाई सफल पार्न विभिन्न विद्यामा संयोजकहरू तोकिएको छ । जसमा सटपुट संयोजकमा इश्वरी प्रसाद खनाल ,१०० र ४००मिटर दौड संयोजकमा सुमित शर्मा ,भलिवल संयोजकमा विष्णु खनाल ,High Jump / Long Jump मा गोपाल खरेल,व्याडमिन्टनमा गोकर्ण खरेल ,टेवलटेनिसमा कमल न्यौपाने ,संयोजक रहेका छन् ।  त्यस बाहेक भलिबल र क्रिकेटका Quarter Final खेलहरु सञ्चाल हुदै गरेको खेल व्यवस्थापक राजकुमार पाण्डेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित