लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

सिद्धार्थ हस्पिटालिटी ग्रुपले मनायो वार्षिकोत्सव, आउटलेट सञ्जाल तीन दर्जन पुगे

भैरहवामा यसै वर्ष पाँचतारे होटल सिद्धार्थ भिलाषा, विभिन्न स्तरीय होटल तथा क्याफे सञ्चालन गर्दै आएको सिद्धार्थ हस्पिटालिटीको यात्रा २६औं वर्ष प्रवेश गरेको छ।

पूर्वमा बिर्तामोडदेखि पश्चिम महेन्द्रनगरसम्म फैलिएको यो ग्रुपले आफ्नै लगानीमा होटल सञ्चालन तथा विभिन्न कम्पनीले निर्माण र व्यवस्थापन गरी करिब तीन दर्जन आउटलेट सञ्चालन गर्दै आएको छ।

२६ वर्षअघि टीकापुरबाट सुरु भएको यो ग्रुपले २ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिँदै आएको छ।मंगलबार काठमाडौंमा आयोजित वार्षिकोत्सव कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट आउटलेट र कर्मचारीलाई अवार्ड वितरण गरिएको हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्ण न्यौपानेले जानकारी दिए।

वार्षिकोत्सव अवसरमा हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले हाल देशमा विद्यमान राजनीतिक र सामाजिक अस्थिरताका कारण विगतदेखि आर्थिक मन्दीको असर पर्दा पनि सिद्धार्थ ग्रुपअन्तर्गतका कम्पनीले मुनाफा आर्जन गर्नु उपलब्धिमूलक रहेको बताए। उनले भने, ‘यो गुणस्तरीय र आर्थिक रुपमा सक्षम एवं व्यवस्थित हस्पिटालिटी कम्पनीलाई अगाडि बढाइरहेका छौं भन्ने उदाहरण पनि हो।’

सिद्धार्थ हस्पिटालिटीले वार्षिकोत्सवलाई लक्षित गरी एक सातासम्म विभिन्न आउटलेटमा खाना तथा बसाइमा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ।

गत वर्षको उपलब्धि
पछिल्लो वर्ष सिद्धार्थ हस्पिटालिटीको भैरहवामा पाँचतारे होटल र चितवनको सौराहमा लग्जरी रिसोर्ट सञ्चालनमा आएको छ। गत वर्ष नै नेपालगञ्जस्थित होटलले पर्यटन क्षेत्रको प्रतिष्ठित साटा अवार्ड पाएको छ भने पृथ्वी राजमार्गको सिद्धार्थ रिभरसाइड रिसोर्ट र सुर्खेतस्थित सिद्धार्थ रिसोर्ट सरकारबाट खाद्य गुणस्तरमा अतिउत्तम वर्गीकरण प्राप्त गर्न सफल भएका छन्।

गत वर्ष नै सुर्खेतको रिसोर्टले ३७ कोठा, वेलनेस सेन्टर (स्विमिङ पुल, हेल्थ क्लब, स्पा) र रेस्टुरेन्ट थप गरी चारतारे स्तरमा स्तरोन्नति गरेको छ।

सामाजिक उत्तरदायित्वमा सिद्धार्थ
हस्पिटालिटीले सामाजिक उत्तरदायित्वअन्तर्गत मुनाफारहित संस्था ‘साकार’ मार्फत सप्ताहव्यापी विभिन्न सामाजिक कार्यक्रम आयोजना गरेको छ। वार्षिकोत्सव अवसरमा विभिन्न आउटलेटमार्फत रक्तदान, सरसफाइ, अनाथालयमा खाना वितरण तथा विद्यार्थीलाई शिक्षण सामग्रीलगायत आवश्यक सामाग्री वितरण गरिएको न्यौपानेले जानकारी दिए ।

यस वर्ष साकारमार्फत ग्रुपले क्यान्सरपीडित एवं मृगौलापीडितलाई आर्थिक सहयोग गरेको र रुकुम–जाजरकोट भूकम्पपीडितलाई राहतस्वरुप ५ लाख रुपैयाँको सामाग्री सहयोग गरिएको न्यौपाने बताए।

हस्पिटालिटीसँगै अन्य व्यवसाय
यस ग्रुपपले हस्पिटालिटीसँगै सिद्धार्थ ट्रेडिङ कन्सर्न, सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटी, सिद्धार्थ बायोटिका (कृषि फर्म), सर्व टेक्नोलोजिज्लगायत कम्पनीमार्फत विभिन्न क्षेत्रमा व्यवसाय अगाडि बढाइरहेको छ।

आगामी योजना
सिद्धार्थ ग्रुपपले ‘भिजन २०३०’ को योजना अन्तर्गत सन् २०३० सम्म स्वदेश तथा विदेशमा कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको छ। अगामी वर्ष कैलालीको धनगढी, तनहुँको दमौलीमा नयाँ होटल र रुपन्देहीको योगीकुटीमा बैंक्वेटसहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याउने योजना छ।

त्यस्तै, आगामी वर्षभित्रै पृथ्वी राजमार्गमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्ट र कपिलवस्तुको चन्द्रौटामा रहेको सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टलाई चारतारे होटलमा स्तरोन्नति गर्ने योजनाअनुरुप काम भइरहेको अध्यक्ष न्यौपानेले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित