गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

बुटवल । लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वसहितका आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको उपचार सुरु गरेको छ ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले विभिन्न आन्दोलनमा घाइते भएकाहरूको आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट वञ्चित हुने अवस्थाबाट रोक्नको लागि सरकारले यो सेवा सुरु गरेको बताए । उनका अनुसार उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलसँग समन्वय भएको छ ।

प्रदेश गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीले घाइते तथा अपाङ्गता भएकाहरूको उपचारसम्बन्धी कार्यविधि २०८० तयार गरी उपचारको प्रक्रिया अघि बढाइएको बताए ।

गृह मन्त्रालयले ‘घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, दुई प्रति तस्बिर, जिल्ला प्रशासन कार्यालयको सिफारिस ल्याएमा उपचार गर्न पाइने उल्लेख छ । घाइते तथा अपाङ्गता भएका व्यक्तिको उपचारका लागि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०(८१ का लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित