लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवलको कालिकानगरमा चारखुट्टे हाइटेन्सन पोल हटाइँदै

​​बुटवलको कालिकापथको सडकमा रहेका हाइटेन्सन लाइनका ठूला पोल हटाएर साना र सुरक्षित मोनोपोल राख्ने प्रक्रिया शुरू भएको छ ।

फराकिलो सडकका बीचमा रहेका पुराना चार खुट्टे पोललाई विस्थापित गरी एक खुट्टे (टावर मोनोपोल) राखिन लागेको हो ।

मोनोपोल चारखुट्टे जस्तो भद्दा संरचना पनि देखिँदैन । होराइजन चोकदेखि तलतिर सडकमा रहेका चार वटा ‘रिप्लेस’ गरिने नेपाल विद्युत प्राधिकरण योगीकुटी शाखाका इन्जिनियर इन्जिनियर सूर्य पाण्डेले बताए ।

अति जोखिमपूर्ण रहेको यो सडकमा रहेका पोलहरूलाई नयाँ राख्नको लागि यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पहल गरेका थिए ।

‘चार वटा खुट्टा भएको जिग्राउँदो पोल हेर्दा पनि त्यति राम्रो देखिँदैन’, एमाले उपाध्यक्षसमेत रहेका पौडेलले भने, ‘अहिले नयाँ प्रविधिका मोनोपोल विकास भएको छ । एउटा ठिङ्ग उभिने पोल हो । यसले सडकलाई साँघुरो पनि पार्दैन हेर्दा नराम्रो पनि हुँदैन । त्यो व्यवस्था अनुसार यो काम अघि बढाएका थियौं, त्यहीँअनुसार काम अघि बढेको हो ।’

यो पोल राखिएपछि कालिकापथ थप आकर्षक र सुरक्षित हुनेछ ।​ विकसित देशहरूमा यस्ता मोनोपोल बढी प्रयोग भइरहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित