गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

दृष्टिविहिन भएका व्याक्तिहरुको लागि ३ दिने ब्रेल स्क्रिनिङ्ग ईनपुट तालिम

बुटवल । नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैना नरपालिका  वडा नम्बर १० सालझण्डीको आयोजानमा दृष्टिविहिन भएका व्याक्तिहरुका लागि ३ दिने ब्रेल स्क्रिनिङ्ग ईनपुट क्षमता विकास तालिम प्रदान गरिएको छ ।

सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको आर्थिक सहयोगमा भएको तालिमको आईतबार एक कार्यक्रमका विच समापन गरिएको छ ।

सैनामैना बनकट्टामा आयोजना गरिएको तालिम समापन कार्यक्रममा संस्थाका अध्यक्ष मुक्तीनाथ पाण्डेको  अध्यक्षता तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले अपाङ्गता भएका व्यवाक्ति त्यसमा पनि दृष्टिविहिनता भएका व्याक्तिहरुले नयाँ विकास भएको प्रविधिको विषयमा जान्न जरुरी रहेको भन्दै सोही अनुसार क्षमता विकास आवश्यक रहेको बताएका थिए ।

उनले यसको लागि महासंघले लामोसमय देखि अपाङ्गता भएका व्याक्तिहरुको क्षमता विकास, नेतृत्व विकास, सिप विकास को क्षेत्रमा  पैरवी गर्दै ३ वटा तहका सरकारको संमन्वयमा विभिन्न संघ संस्था मार्फत कार्यक्रम सञ्चालनको लागि सहजीकरण गर्दै आएको बताएका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष शुनिल क्षेत्रीको स्वागत, सचिव रजिता रेग्मीको सञ्चालनमा भएको थियो भने प्रशिक्षक अनमोल गैरे लगालगायतले दृष्टिविनको लागि ब्रेल स्क्रिनिङ्ग ईनपुट तालिम को महत्वको विषयमा प्रकाश पारेका थिए ।

तालिममा दृष्टिविहनता भएका व्याक्ति, न्युन दृष्टिविहनता भएका व्याक्ति लगायतको सहभागीतामा रहेको थियो ।

संस्थाले ब्रेल स्क्रिनिङ्गको लागि ईन्टपुटको लागि आवश्यक पर्ने सफ्टवेयरसमेत निःशुल्क रुपमा प्रशिक्षार्थीहरुलाई उपलब्ध गराएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित