३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

रवि लामिछानेको दाबी – ठूला दलका नेताहरूले राजनीतिक भागबन्डा गरेर देश डुबाए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला दलका नेताहरूले राजनीतिक भागबन्डा गरेर देश डुबाएको आरोप लगाएका छन् ।​

शनिवार अर्घाखाँचीको सन्धिखर्कमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘नेताहरूले राजनीतिक भागबन्डाका आधारमा आफन्तहरूको पक्षपोषण गरिरहेका छन् । यस्तै गरेर उनीहरूले देश डुबाए’, उनले भने, ‘ठूला दलका कुनै नेताले देश बनाउँछन् भन्ने कुनै विश्वास छैन । विश्वास गर्न नसकिने कुनै आधार पनि छैन ।’

२०८४ मा जनताले बहुमत दिए एकैसाथ बेथितिको अन्त्य गर्ने उनको दाबी छ । त्यसका लागि आफूले देशमा विकास र समृद्धि ल्याउन कठोर यात्रा तय गरेको उनले बताए । ‘पार्टी स्थापना भएको छोटो समयमै संसदमा २१ जनाले प्रतिनिधित्व गरेका छौं’, सभापति लामिछानेले भने, ‘त्यो संख्याले मात्र हुँदैन । परिवर्तन गर्नका लागि बहुमत चाहिन्छ । जिल्ला–जिल्लाबाट सक्षम नेतृत्व आउनुपर्छ । सक्षम नेतृत्व अर्घाखाँचीले नै जन्माएको छ, कसैको आशीर्वादले हुँदैन ।’

वर्तमान सरकारले शुरूशुरूमा काम गरेजस्तो गर्ने तर काण्डको टुंगो नलाग्दै कसैको दबाबमा ढाकछोप गर्ने गरेको उनले आरोप लगाए । ठूला भनिएका दलहरूले मदन भण्डारी र वीपी कोइरालाको नाम बेच्ने गरेको भन्दै उनले आफूहरूसँग मात्रै सुशासनको एजेण्डा भएको बताए ।

उनले आगामी निर्वाचनमा जनताले चुनेरै पठाएका व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गर्दै आफ्नै एजेण्डा र मुद्दा बोकेर अगाडि बढ्ने स्पष्ट पारे ।

त्यस्तै रास्वपा सांसद सुमना श्रेष्ठले गरिबी, अशिक्षा र कुशासनमा देश फस्न थालेको र यसले आउँदो पुस्ताको भविष्यमाथि प्रश्न उठ्न थालेको बताइन् ।

सरकारको नेतृत्व गरेका दलहरूबाट नै भ्रष्टाचार र बेथिति बढेकाले यसको अन्त्य गर्न नयाँ शक्तिको उदय भएको उनले बताइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित