लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

तामाङहरुको नया वर्ष (सोनाम ल्होसार) मा विविध कार्यक्रम

तामाङहरुको नया वर्ष २८६० औ सोनाम ल्होसार पर्वलाई रुपन्देहीका तामाङहरुले विविध कार्यक्रम गरि मनाउने भएका छन । नेपाल तामाङ घेदुङ रुपन्देही समन्वय समितिको आयोजनामा बुटवलमा भाषा, धर्मसंस्कार पुजापाठसहित सामाजिक गतिविधिहरु रक्तदान कार्यक्रम गरि मनाउने भएको हो ।

शनिबार छ्युम्हे ज्याङछयुपलिङ गुम्बामा पत्रकार सम्मेलन गरि अध्यक्ष राजेश लामाले माघ २४ गते ब्लड बैकमा रक्तदान, २५,२६ र २७ दिप प्रजल्वन, २७ गते दिपनगर तामाङ कुलपुजा बुद्घगुम्बामा मुल कार्यक्रम अन्तरगत शुभकामना कार्यक्रम गरिने बताए ।

कार्यक्रममा पुर्व अध्यक्ष कृष्ण बहादुर मोक्तानले २०१३ सालमा स्थापना भएको संस्था देशभर नै तामाङ बसोबासीहरुको ठाउमा संगठित गर्दै भाषा, धर्म र संस्कृति संरक्षणको काम गर्दै आएको बताए । भाषा कक्षा संचालन चलाएको भएपनि अहिले आर्थिक समस्याले रोकिएको उनले बताए । भेषभुषा र संस्कृतिलाई संरक्षणको काम जरुरी रहेको उनले बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य बिर बहादुर घिसिङले सोनाम ल्होसार धेरै देशमा मनाईने बताए । माघदेखि चाड शुरु हुने उनले बताए । पंचपात्र मन्जुश्री आधारमा यो पर्व मनाईने उनले बताए । वर्षदिनमा एकैठाउमा परिवार आफन्त भेटघाट भएर मिठामिठा खाना खाने र रमाईलो पर्व भएको उनले बताए ।

कार्यक्रममा छ्युम्हे ज्याङछयुपलिङ गुम्बाका अध्यक्ष बिर बहादुर गोङम्बा, नेपाल आदिबासी समन्वय समितिका सदस्य धना लामा, सचिव शम्भु मोक्तानले वार्षिक कार्यक्रम गर्दै आएको बताए । रुपन्देहीमा २५० घरधुरीमा ३ हजार जति जनसंख्या रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित