बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

नहरपुर खानेपानी निर्माण तथा उपभोक्ता समितिले गर्यो सार्वजनिक सुनुवाई

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्धनगर नहरपुरस्थित खानेपानी निर्माण तथा उपभोक्ता समितिले एक वर्षको आम्दानी तथा खर्च विवरण सबै उपभोक्तालाई बोलाएर सार्वजनिक गरेको छ ।

समितिले आर्थिक वर्ष ०७९।८० मा भएका आम्दानी तथा खर्चका सबै विवरण तयार गरेर सार्वजनिक सुनुवाई गरेपछि मात्रै साधारण सभा बोलाउने यसअघिको निर्णय अनुरुप शनिबार पनि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको अध्यक्ष आशिष सूर्यवंशीले बताए ।

कोषाध्यक्ष विष्णुकुमारी जिसीले पेश गरेको एक वर्षको प्रतिवेदनमा ३४ लाख ४१ हजार १ सय ६१ रकममध्ये २७ लाख २० हजार २ सय ६० खर्च भएको र ७ लाख २० हजार ९ सय एक रकम मौज्जात रहेको उल्लेख छ । जसमध्ये आम्दानीमा चालु आर्थिक वर्षमा २३ लाख ४ हजार ९ सय ९७ र अघिल्लो वर्षको बैंक मौज्जातबाट ११ लाख ३६ हजार १ सय ६३ रकम मिलान गरिएको छ ।

समितिका अनुसार यो वर्ष ट्यांकी निर्माण तथा ठूला पाइप बिस्तारमा धेरै खर्च भएका कारण ठूलो बजेट खर्च भएको सचिव अर्जुन जीसीलेले बताए । शनिबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बुटवल वडा नं ११ का सदस्य नकुल शाहीले हरेक संस्थामा पारदर्शी आम्दानी खर्च विवरणले संस्थालाई जनउत्तरदायी बनाउने र सदस्यहरुसँग विश्वास बढाउने बताए ।

उनले संस्थाले बिगतका वर्षहरुबाट नै यस्तो राम्रो कामको शुरुवात गरेकोले काम गर्न धेरै सहज भएको र अन्य संघसंस्थाहरुले यस्तो विषयको अनुशरण गर्नुपर्ने उनको भनाइ छ ।

शाहीले गाउँटोलको विकासका लागि दलीय कुण्ठाबाट माथि उठ्नुपर्ने र विकासका हातेमालो नभए काम गर्न समस्या हुने विषयमा सबै दलका कार्यकर्ताहरु सचेत हुनुपर्ने जनाए ।

संस्थाका सल्लाहकार बलराम न्यौपानेले संस्थागत पारदर्शीका लागि सबै संस्थाहरुले आफ्नो योजनामा सार्वजनिक सुनुवाई कार्यक्रमलाई राख्नुपर्ने बताए । कार्यक्रममा टोल विकास संस्थाका रमा पराजुली, स्थानीय सूर्य कुँवर, भेषराज पोखरेललगायतले बोलेका थिए । करिब १६ सय घरभुरी उपभोक्ता रहेको यो समितिले हरेक वर्ष सार्वजनिक सुनुवाई गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित