प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

पाल्पाको रानीमहल जाने सडक चैत ५ गते सम्म बन्द

बुटवल । सडक मर्मत गर्न भन्दै लुम्बिनी प्रदेशकै मुख्य पर्यटकीय ठाउं पाल्पाको रानीमहल जाने सडक डेढ महिना बन्द गरिएको छ ।

रानीमहल पाल्पाको प्रमुख पर्यटकीयस्थल हो । यही गन्तव्य जाने सडक लामो समय मर्मतका लागि बन्द गर्न लागिएको हो । बैकुन्ठे भीर नजिकैको सडक ढलान गर्न सडक बन्द गर्न लागिएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जानकारी दिएको छ ।

कार्यलयका अनुसार हिजो बुधबारदेखि ४८ दिनसम्म सडक बन्द हुने भएको छ । त्यो भनेको चैत ५ गतेसम्म हो ।

कार्यालय प्रमुख बासुदेव भण्डारीले रानीमहल जाने सडक बन्द पछि सवारीसाधन २४ घण्टा नै पूर्ण रूपमा बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको सरोकारवालाको बैठकले सडक बन्द गरेर ढलान गर्ने निर्णय गरेको उनले बताए । प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेको अध्यक्षतामा बसेको बैठकले यातायात व्यवसायी, सरोकारवाला कार्यालय, निर्माण व्यवसायीसमेतको उपस्थितिमा सडक बन्द गरेर काम गर्न दिने निर्णय भएको हो ।

तानसेनदेखि १५ किलोमिटर दुरीमा पुगिने रानीमहल सडक लामो समय बन्द हुंदा तानसेन–हार्थोक–अर्गली हुंदै रानीमहल पुग्न ४० किलोमिटर यात्रा तय गर्नुपर्छ । कच्ची सडक बौघागुम्हा भएर जाने वैकल्पिक मार्ग भए पनि यहाँको सडक कच्ची र अप्ठ्यारो भीर छ ।

पहिलो चरणमा बैकुन्ठे भीर नजिकैको सडक ढलान कार्य गर्न लागिएको र त्यसका लागि काम गर्न २० र ढलान पछिको २८ दिनको समय बन्द गर्ने निर्णय भएको उनले बताए ।

यसैबीच सडक पूर्वाधार विकास कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गदेखि पाल्पाको पूर्वभेग जोड्ने मुख्य मार्ग आर्यभन्ज्याङ–रामपुर सडक पनि दैनिक ५ घण्टा बन्द गर्ने जनाएको छ ।

हुमिन–ताहुं देउराली सडक खण्डमा निर्माण व्यवसायीले सडक बन्द गरेर काम गर्न माग गरेपछि राजमार्ग सडक सुरक्षा समितिको बैठकले बन्द गरेर काम गर्न दिने निर्णय गरेको हो । बिहान साढे १० देखि दिउंसो साढे ३ बजेसम्म सडक बन्द रहनेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित