३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

बुटवल उ.वा.संघमा ‘रुफ अफ द वल्र्ड’ कार्यक्रम सञ्चालन

बुटवल उद्योग वाणिज्य संघमा युएसएआईडिको ‘रुप अफ द वल्र्ड’ कार्यक्रम सञ्चालन भएको छ । संघमा रहेको व्यवसायिक सेवा इकाईलाई प्राविधिक सहयोग गर्नेगरी ‘रुप अफ द वल्र्ड’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

त्यसको लागि बुटवल उद्योग वाणिज्य संघ र अध्यान्त फण्ड म्यानेजमेन्ट लि. बिच दुई पक्षीय सम्झौता भईसकेको छ ।

उक्त सम्झौता पत्रमा संघको तर्फबाट अध्यक्ष हरीप्रसाद अर्याल र अध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडको तर्फबाट सञ्चार तथा समन्वय प्रवन्धक निश्चल सिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतासैग ‘रुप अफ द वल्र्ड’ परियोजना अन्तरगत रहेर नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने तथा साना तथा मझौला उद्योग व्यवसायीहरुलाई आवश्यक व्यवसायिक सेवा प्रदान गर्नको लागि संघमा रहेको व्यवसायिक सेवा इकाईलाई प्राविधिक सहयोग गर्नेछ ।

‘रुप अफ द वल्र्ड’ परियोजनाले साना तथा मझौला व्यवसायीलाई व्यवसाय विस्तारको लागि योजना निर्माण गर्नुको साथै शेयर पुँजी समेत प्रदान गर्ने गर्दछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित