लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको निर्देशन: सेवाग्राहीले गुनासो गर्ने ठाउँ नरहोस्

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले सेवाग्राहीको गुनासो आउने वातावरण सिर्जना नहुनेगरी काम गर्न निर्देशन दिएका छन् ।

सेवालाई जनमैत्री बनाउँदै अस्पतालाई नमूनाको रुपमा बिकास गर्ने लक्ष्य अनुसार अघि बढ्न अस्पताल परिवारलाई आग्रह गरे । अस्पताल र सेवाग्राहीसँगको अन्तरसम्बन्ध तथा सहज सञ्चारका लागि विहिबार आयोजना गरिएको अन्तरव्यैत्तिक सञ्चार बारे सहजिकरण गर्दै मेसु थापाले गुनासो आउने ठाउँ नराखी काम गर्न निर्देशन गरेका हुन् ।

अस्पतालमा कुनै पनि चिकित्सक, स्वाथ्यकर्मी तथा कर्मचारीले गल्ती गरेको भेटिएमा छुट नदिने चेतावनीसहित उनले सेवामा केन्द्रित रहन निर्देशन दिए । अस्पतालका प्रत्येक चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा उनीहरुले सेवाग्राहीसँग गर्ने व्यवहार, बोलीचाली तथा दक्षतालाई निगरानीमा राखिने उल्लेख गरे । अस्पतालले सेवाग्राहीसँगको अन्तरसम्बन्धलाई बलियो बनाउनुका साथै कुनै पनि समय उत्पन्न हुन सक्ने द्वन्द व्यवस्थापनका लागि अन्तरवैयक्तिक सञ्चार विभाग स्थापना गरी अस्पतालमा कार्यरतहरुलाई नियमित रुपमा सहजीकरण गर्दै आएको छ ।

अन्तर व्यैत्तिक सञ्चार विभागकी प्रमुख माधुरी ज्ञवालीका अनुसार मँगलबार र विहिबार गरी दुई दिनसम्म सकजीकरण कक्षा सञ्चालन गरिएको थियो । अस्पतालको आकस्मिक कक्षा, ओपीडी तथा बीमा शाखामा कार्यरतहरुलाई सेवाग्राहीसँग गरिने व्यवहार र सहज सञ्चारको बारेमा जानकारी गराइएको थियो । सहभागीहरुले सेवा प्रदान गर्ने समयमा सेवाग्रीबाट आउने विभिन्न प्रतिक्रियाहरुको अनुभव बारे अन्तरक्रिया गरेका थिए । यसैगरी सेवा प्रदान गर्ने समयमा उत्पन्न हुने असहज परिस्थिती, त्यसको व्यवस्थापन र अनुभव बारे छलफल भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित