रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

भित्रिंदै छ नयाँ प्रणाली, छिटो हट्ने छ हुस्सु कुहिरो

मौसमविदले तराई मधेशका जिल्लाहरुमा लाग्दै आएको बाक्लो हुस्सु र कुहिरो आज अलि छिटो खुल्ने सम्भावना रहेको जनाएका छन् । पश्चिमी वायुले ल्याएको बादलको प्रभावले हुस्सु र कुहिरो छिटो खुल्ने मौसमविदको भनाइ छ । तर त्यो बादलले पानी पार्ने सम्भावना भने छैन ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।

आजै पश्चिमी वायुको अर्को एउटा प्रणाली भित्रिंदै छ । जनवरी २७ तारिख (शनिबार)मा पनि अर्को प्रणाली भित्रिँदै छ । ती प्रणालीमा पानीको मात्रा नभएकाले वषर्ाको सम्भावना तत्काल देखिएको छैन ।

तर ती बादलको प्रभावले हुस्सु कुहिरो छिटो फाट्न मद्दत गर्ने मौसमविद पुडासैनी बताउँछन् । ‘माथिल्लो वायुमण्डलमा बादलहरु आउँदाखेरि तल्लो वायुमण्डलमा रहेको हुस्सु कुहिरो लाग्दैन,’ उनले भने, ‘त्यसले हुस्सु कुहिरो चाँडै फाट्न मद्दत गर्छ ।’

उनले आजै पश्चिमी वायुको एउटा प्रणाली भित्रिएकाले मध्य र पूर्वी तराईमाको तुलनामा पश्चिम तराईमा हुस्सु कुहिरो छिटो खुल्ने सम्भावना रहेको बताए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनयता तराई मधेशका जिल्लामा बिहानपख बाक्लो हुस्सु कुहिरो लाग्ने लाग्दै आएको छ । आज बिहान झापाको चन्द्रगढी र बाँकेको नेपालगञ्जमा बाक्लो हुस्सु लागेकाले पारदर्शिता एक सय मिटरभन्दा कम रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद पुडासैनीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित