लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

भित्रिंदै छ नयाँ प्रणाली, छिटो हट्ने छ हुस्सु कुहिरो

मौसमविदले तराई मधेशका जिल्लाहरुमा लाग्दै आएको बाक्लो हुस्सु र कुहिरो आज अलि छिटो खुल्ने सम्भावना रहेको जनाएका छन् । पश्चिमी वायुले ल्याएको बादलको प्रभावले हुस्सु र कुहिरो छिटो खुल्ने मौसमविदको भनाइ छ । तर त्यो बादलले पानी पार्ने सम्भावना भने छैन ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।

आजै पश्चिमी वायुको अर्को एउटा प्रणाली भित्रिंदै छ । जनवरी २७ तारिख (शनिबार)मा पनि अर्को प्रणाली भित्रिँदै छ । ती प्रणालीमा पानीको मात्रा नभएकाले वषर्ाको सम्भावना तत्काल देखिएको छैन ।

तर ती बादलको प्रभावले हुस्सु कुहिरो छिटो फाट्न मद्दत गर्ने मौसमविद पुडासैनी बताउँछन् । ‘माथिल्लो वायुमण्डलमा बादलहरु आउँदाखेरि तल्लो वायुमण्डलमा रहेको हुस्सु कुहिरो लाग्दैन,’ उनले भने, ‘त्यसले हुस्सु कुहिरो चाँडै फाट्न मद्दत गर्छ ।’

उनले आजै पश्चिमी वायुको एउटा प्रणाली भित्रिएकाले मध्य र पूर्वी तराईमाको तुलनामा पश्चिम तराईमा हुस्सु कुहिरो छिटो खुल्ने सम्भावना रहेको बताए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनयता तराई मधेशका जिल्लामा बिहानपख बाक्लो हुस्सु कुहिरो लाग्ने लाग्दै आएको छ । आज बिहान झापाको चन्द्रगढी र बाँकेको नेपालगञ्जमा बाक्लो हुस्सु लागेकाले पारदर्शिता एक सय मिटरभन्दा कम रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद पुडासैनीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित