रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

लुम्बिनीमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा २ जनाको मृत्यु

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-३ महिलवार पडरिया सडक खण्डको लंकापुरमा आज बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।

लु ५८ प २७२८ र यूपी ५५ बल १११२ नम्बरको भारतीय मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका-५ टोल हथिहवा बस्ने ४५ वर्षका शिवकुमार यादवको मृत्यु भएको छ । यस्तै, भारतको सिद्धार्थनगरका २४ वर्षीय धीरज चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए ।

उनीहरूको शव पोस्टमार्टमगरी रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।

बाक्लो हुस्सु र शीतलहरको समयमा तीब्र गतिमा मोटरसाइकलका मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित