दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पाको रम्भा गाउँपालिका-१ भुमरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ असर्दीका २८ वर्षीय हेमन्त जीटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक श्रीराम भट्टका अनुसार पिपलडाँडाबाट हुँगी जाँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाइकल आइतबार राति करिब १० बजे कालीगण्डकी करिडोरमा दुर्घटना भएको हो ।

मोटरसाइकल सडकबाट अन्दाजी २०० मिटर तल कालिगण्डकी किनारमा खसेको उनले बताए ।

मोटरसाइकल चालक जीटीको दुर्घटनास्थलमै मृत्यु भएको हो । उनको शव पोष्टमार्टमको लागि रामपुर अस्पताल पाल्पा पठाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित