रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

एभरेष्टमा जारी खेलकुद दिवस सकियो

बुटवल । बुटवल–८, सुख्खानगरस्थित एभरेष्ट इङलिस बोर्डिङ मा.वि.मा खेलकुद दिवस सम्पन्न भएको छ ।

विद्यार्थीहरुको शारीरिक, मानसिक तथा बौद्विक विकासका साथै उनीहरुमा आपसी सहकार्य, साथीत्व र एकताको विकास गर्ने उद्देश्यले हरेक वर्षजस्तै यस वर्ष पनि खेलकुद दिवस कार्यक्रम सम्पन्न भएको हो । माघ ३ र ४ गते सञ्चालन भएकोे यस कार्यक्रममा कक्षा नर्सरीदेखि १२ कक्षासम्मका करिब एक हजार एक सय विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
विद्यालयको खेलमैदान, सिद्वेश्वरी खेलमैदान र रामनगर खेलमैदान गरी तीन स्थानहरुमा सञ्चालित खेलमा अन्तिम दिन बिहीबार कक्षा प्ले गु्रपमा बलुन व्लाष्ट र हट पटाटो, कक्षा नर्सरी र एलकेजी मा वेलुन व्लाष्ट र बल थ्रो, कक्षा युकेजीमा स्वीट रेश र हट पटाटो, कक्षा १ देखि ३ अन्तर्गत म्याथम्याटिक्स रेश र हट पटाटो, कक्षा ४ र ५ अन्तर्गत  स्पुन रेश र स्लो साइकल रेश,  कक्षा ६ देखि १२ अन्तर्गत लंग जम्प, हाइजम्प, र स्लो साइलक रेश प्रतियोगिताहरु सम्पन्न भएका छन् ।

खेलकुद दिवसको अन्तिम दिन सञ्चालित विभिन्न खेलमा स्थान प्राप्त गरी विजयी विद्यार्थीहरुलाई कालिका मानवज्ञान मा.वि., सेक्टर २ का इन्चार्ज कृष्ण गौतम तथा सिद्वेश्वर लालकुमारी मा.वि.का सह–प्राचार्य लेखनाथ पौडेलले पुरस्कार वितरण गर्दै विजयी विद्यार्थीलाई बधाई तथा शुभकामना दिए ।

साथै उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले खेलकुदको विकासका लागि विद्यालयले निरन्तर कार्यक्रमहरु गर्दै आएको बताए । विद्यालयमा आयोजना हुने अतिरिक्त क्रियाकलापका माध्यमले पनि विद्यार्थीको व्यक्तित्व विकास हुने बताए ।  यस्तै कार्यक्रममा विद्यालयका सहप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख भीमसेन गौतमले विजयी सबै प्रतियोगीलाई बधाई एवं सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे ।

त्यसैगरी विद्यालयका उप प्राचार्यद्वय उमेश रेग्मी र माला पाण्डेले यस्ता कार्यक्रमले विद्यार्थीमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन हुने हुनाले धेरैभन्दा धेरै विद्यार्थीले सहभागिता जनाउनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । पुरस्कार वितरण कार्यक्रममा विद्यालयका विभिन्न तहमा कार्यरत तहगत संयोजकहरुको समेत उपस्थिति रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित