लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

एभरेष्टमा जारी खेलकुद दिवस सकियो

बुटवल । बुटवल–८, सुख्खानगरस्थित एभरेष्ट इङलिस बोर्डिङ मा.वि.मा खेलकुद दिवस सम्पन्न भएको छ ।

विद्यार्थीहरुको शारीरिक, मानसिक तथा बौद्विक विकासका साथै उनीहरुमा आपसी सहकार्य, साथीत्व र एकताको विकास गर्ने उद्देश्यले हरेक वर्षजस्तै यस वर्ष पनि खेलकुद दिवस कार्यक्रम सम्पन्न भएको हो । माघ ३ र ४ गते सञ्चालन भएकोे यस कार्यक्रममा कक्षा नर्सरीदेखि १२ कक्षासम्मका करिब एक हजार एक सय विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
विद्यालयको खेलमैदान, सिद्वेश्वरी खेलमैदान र रामनगर खेलमैदान गरी तीन स्थानहरुमा सञ्चालित खेलमा अन्तिम दिन बिहीबार कक्षा प्ले गु्रपमा बलुन व्लाष्ट र हट पटाटो, कक्षा नर्सरी र एलकेजी मा वेलुन व्लाष्ट र बल थ्रो, कक्षा युकेजीमा स्वीट रेश र हट पटाटो, कक्षा १ देखि ३ अन्तर्गत म्याथम्याटिक्स रेश र हट पटाटो, कक्षा ४ र ५ अन्तर्गत  स्पुन रेश र स्लो साइकल रेश,  कक्षा ६ देखि १२ अन्तर्गत लंग जम्प, हाइजम्प, र स्लो साइलक रेश प्रतियोगिताहरु सम्पन्न भएका छन् ।

खेलकुद दिवसको अन्तिम दिन सञ्चालित विभिन्न खेलमा स्थान प्राप्त गरी विजयी विद्यार्थीहरुलाई कालिका मानवज्ञान मा.वि., सेक्टर २ का इन्चार्ज कृष्ण गौतम तथा सिद्वेश्वर लालकुमारी मा.वि.का सह–प्राचार्य लेखनाथ पौडेलले पुरस्कार वितरण गर्दै विजयी विद्यार्थीलाई बधाई तथा शुभकामना दिए ।

साथै उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले खेलकुदको विकासका लागि विद्यालयले निरन्तर कार्यक्रमहरु गर्दै आएको बताए । विद्यालयमा आयोजना हुने अतिरिक्त क्रियाकलापका माध्यमले पनि विद्यार्थीको व्यक्तित्व विकास हुने बताए ।  यस्तै कार्यक्रममा विद्यालयका सहप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख भीमसेन गौतमले विजयी सबै प्रतियोगीलाई बधाई एवं सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे ।

त्यसैगरी विद्यालयका उप प्राचार्यद्वय उमेश रेग्मी र माला पाण्डेले यस्ता कार्यक्रमले विद्यार्थीमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन हुने हुनाले धेरैभन्दा धेरै विद्यार्थीले सहभागिता जनाउनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । पुरस्कार वितरण कार्यक्रममा विद्यालयका विभिन्न तहमा कार्यरत तहगत संयोजकहरुको समेत उपस्थिति रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित