लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन

बुटवल । बुटवल–८ सख्खानगरमा रहेको एभरेष्ट इङ्गलिस माध्यमिक विद्यालयका एक विद्यार्थीले आफैले ड्रोन बनाएर उडाएका छन् ।

कक्षा–१० मा अध्ययनरत विद्यार्थी सोहन घिमिरेले एक–एक सामग्री जोडेर बनाएको ड्रोन शुक्रबार विद्यालयमा उडाएर देखाएका हुन् ।

विद्यालयमा शुक्रबार आयोजना गरिएको बादविवाद प्रतियोगिता कार्यक्रमको दृष्य आफैले बनाएको ड्रोनमा क्यामरा जडान गरि उनले खिचेका थिए ।

परिवारको सहयोगमा थोरै थोरै गरि जम्मा गरेको पैसाबाट आफुले ड्रोन बनाएको उनले सुनाए । ड्रोन बनाउ ४० हजार खर्च लागेको उनले सुनाए ।

आफुलाई ड्रोन उडाउने ठुलो इच्छा पहिलेदेखिनै रहेको सुनाएका सोहनले आफुले पढ्ने विद्यालयको माथीमाथी ड्रोन उढाउन पाउदाँ धेरैनै खुशी लागेको प्रतिकृया दिए । उनले तीनदिनरात नसुती ड्रोन बनाएको बताए ।

बुटवल शिवनगरका विद्यार्थी घिमिरेले विद्यालयमा अध्ययन गरेर बाँकी रहेको समयलाई सदुपयोग गरेर ड्रोन बनाएकोमा विद्यालयले उनको प्रोत्साहनकालागि सम्मान समेत गरेको विद्यालयका सह प्राचार्य भिमसेन गौतमले जानकारी दिए ।

विद्यालयमा पाठ्यपुस्तकमा आधारित अध्ययनसँगै विद्यार्थीको रुचीका आधारमा अतिरिक्त क्रियाकलापमा पनि सहभागि बनाउने गरेको विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले बताए ।

उनले विद्यार्थीलाई अध्ययन अलावा उनीहरुकै रुचीका आधारमा ब्यवहारिक शिक्षा समेत दिने गरेको उल्लेख गर्दै विद्यार्थी सोहनले बनाएको ड्रोनले गर्दा विद्यालय परिवारनै गौरवान्वित बनेको भन्दै खुशी ब्यक्त गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित