लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मधुमेहका बिरामीहरुका लागि छुट्टै क्लिनिक सञ्चालनमा आएको छ । अस्पतालका अध्यक्ष जीवन वझाले सोमबार क्लिनिकको उद्घाटन गर्दै यस कार्यक्रमलाई थप बृहत् बनाउनु पर्नेमा जोड दिए ।

अध्यक्ष वझाले रोगका कारण अस्पताल आउनुभन्दा पहिलेनै निवारण हुनेगरि सचेतना समेत फैलाउनुपर्नेमा जोड दिए । अस्पतालमा थप गरिएको सानो सेवाले पनि ठूलो परिवर्तन ल्याउन सक्ने उनले बताए । यसैगरी अस्पतालका चिकित्सक तथा कर्मचारीहरुलाई सेवाग्राहीसँग विनम्र र हसिलो अनुहारले सेवा दिन आग्रह गरे । बिरामीप्रति गरिने व्यवहारले नै उनीहरुको ५० प्रतिशत रोग निको हुन सहयोग पुग्ने बताउँदै वझाले नम्र व्यवहार र सेवामा जोड दिए । क्लिनिक सञ्चालनको अवसरमा अध्यक्ष वझासहित अस्पताल कर्मचारीहरुले समेत मधुमेहको परीक्षण गरेका थिए ।

क्लिनिक उद्घाटनको अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले छुट्टै क्लिनिक सञ्चालनसँगै मधुमेहका बिरामीका लागि सहज हुने उल्लेख गरे । एउटै बिरामीले २ दिनसम्म समय खर्चिनुपर्ने अवस्थाको अन्त्यका लागि यो सहयोगी हुने उल्लेख गरे । क्लिनिकबाट अब दैनिक १ सय बढीले सेवा लिन सक्ने बताए ।

क्लिनिकमा विहान ७ बजेदेखि नै ल्याव टेस्टका लागि नमूना संकलन गरिने बताउँदै डा. थापाले अन्य सेवाहरुसहित अब दैनिक ३ सय जनालाई प्रयोगशालाबाट सेवा प्रदान गर्न सकिने उल्लेख गरे । अस्पतालमा दैनिक ५० जना बढी मधुमेहका बिरामीहरु परीक्षणका लागि आउने गरेकोमा अब यसको सङ्ख्यामा वृद्धि हुने उल्लेख गरे ।कार्यक्रम अस्पतालका प्रशासकीय अधिकृत राजन केसीको सञ्चालनमा भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित