गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

कालिका कलेजको वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु

बुटवल कालिका क्याम्पसको १० औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सप्ताहब्यापी खेल सप्ताह २०८० शुरु भएको छ । आइतबार एक समारोहका बिच लायन्स ईन्टरनेश्नल ३२५ पि का डिजि अर्जुनमान सैजुले उद्घाटन गर्दै शिक्षक, विद्यार्थी, कलेज ब्यवस्थापन समिति, अभिभावक सबैको योगदानकै कारण कलेजको गरिमा उचो भएको बताए । हरेक ब्यक्तिले दाम नभई नामको लागि काम गर्न सुझाव दिदै उनले राम्रो कामको प्रतिफल आफै प्राप्त हुने बताए । युवा पिढीलाई आफ्नै जन्मभूमिमा कर्म गर्न उनले सुझाव दिए ।

कार्यक्रममा कलेजका प्राचार्य घनश्याम पाठकले छोटो समयमा सामुदायिक कलेजतर्फ देशकै गरिमा बोकेको कलेजको रुपमा परिचान बनाउन सफल भएको बताए ।

कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले युवाहरुलाई पलायन रोक्ने गरि देशमै केही गर्ने सोच बनाउन आग्रह गरे ।

कार्यक्रममा कलेजका अध्यक्ष होम बहादुर गलामी, कालिका मानव ज्ञान माविका अध्यक्ष नित्यानन्द ज्ञवाली, बिबिएस कोअर्डिनेटर बुद्धिराम चौधरीले शिक्षा र खेलकुद एक अर्काको परिपुरक भएको गर्दै कलेज यसमा सधै अग्रसर रहेको बताए ।

खेल सप्ताह अन्तर्गत कबड्डी, चेस, दौड (१००÷४०० मिटर) छात्रछात्रा, क्रिकेट, भलिबल (छात्रा), टेबलटेनिस, डोरी तान्ने (छात्रछात्रा) लगायत कार्यक्रम गरिने खेल संयोजक रेश्मीराज शर्माले बताए । यसैगरी हाजिरी जवाफ, अन्तर कलेज प्रस्तुत प्रतिस्पर्धा, रक्तदान कार्यक्रम, निःशुल्क आँखा जाँच शिविर, निःशुल्क दन्त परिक्षण समेत गरिने उनले बताए ।

कलेजमा बिबिएस, बिसिए र बिएडमा २ हजार पाँच सय विद्यार्थी अध्ययरत छन् । बिएसडब्लु र एमएआरडी दुई विषयको अध्यापन शुरु गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित