लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औं बार्षिकोत्सवको अवसरमा सिटी क्याम्पस बुटवलको आयोजनामा सिटी क्याम्पस प्राङ्गढ बुटवल नयाँगाउँ वृहत रक्तदान कार्यक्रम गरिएको छ । बौद्ध विश्वविद्यालय स्थापनाको पुर्व सन्ध्यामा बुटवलमा रक्तदान गरिएको हो । क्याम्पसमा आयोजनामा गरिएको खुल्ला वृहत रक्तदानमा विद्यार्थी, स्थानीय लगायत ५० जनाले रक्तदान गरेका थिए ।
सिटी क्याम्पसका क्याम्पस प्रमुख फणीन्द्र कुमार न्यौपानेको अध्यक्षता तथा उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यको प्रमुख आथित्यता मा सम्पन्न कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्य, डिन हरिशरण चखुले प्रमाणपत्र प्रदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले रक्तदानको महत्व विशेष रहेको भन्दै मानिवीय सेवा भावले आयोजना गरिएको रक्तदान कार्यक्रम आफैमा महत्वपूर्ण रहेको बताएका थिए । उनले तीन महिनामा आफै खेरा जाने रगत दानबाट कसैको जीवन बच्न सक्ने भन्दै यसको लागि सबैले नियमित रुपमा रक्तदान गर्नुपर्ने बताएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित