लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित भएका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित सो मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकूल असर पारेको उनीहरूको भनाइ छ ।

मिलले उक्त प्रदूषण न्यूनीकरण गर्नुपर्ने माग गर्दै सुनवलवासी आन्दोलित बनेका हुन् । सुनवलका स्थानीयले लुम्बिनी चिनी उद्योग प्रदूषण नियन्त्रण संघर्ष समिति गठन गरी पत्रकार सम्मेलनमार्फत उक्त मागबारे जानकारी गराए ।

०४६ सालमा तत्कालीन सरकार र चीनबीच भएको सम्झौताअनुसार सुनवल नगरपालिका–१ मा लुम्बिनी चिनी कारखाना लिमिटेडको स्थापना गरिएको थियो । सो समयदेखि सञ्चालनमा रहेको चिनी मिल ०६२ सालमा निजीकरण गरिएपछि झनै प्रदूषणको अवस्था बढ्दै गएको स्थानीय बताउँछन् ।

सञ्चालकले प्रदूषण न्यूनीकरणका निम्ति आधुनिक प्रविधिको प्रयोग नगरेकाले मिल र डिस्टिलरीबाट निस्कने धुवाँ, खरानीले बजार प्रदूषित बनेको स्थानीयको भनाइ छ ।

डिस्टिलरीबाट निस्कने फोहोर पानीले सुनवल बजार नै दुर्गन्धित भई मानिसको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको संघर्ष समितिका उपसंयोजक टेकप्रसाद न्यौपानेले बताए ।

प्रदूषण न्यूनीकरणका निम्ति विगतमा विभिन्न सम्झौता गरिए पनि हालसम्म कार्यान्वयन गरिएको छैन । मिल सञ्चालकले उद्योगबाट निस्कने धुवाँ, खरानी र दूषित पानी न्यूनीकरणका निम्ति कुनै उपाय नअपनाउँदा सुनवलवासी प्रत्यक्ष मारमा परिरहेको संघर्ष समितिका संयोजक युवराज ढकालले बताए ।

प्रदूषण न्यूनीकरण नगरिए मिल चलाउन नदिने भन्दै उनले आउँदा दिनमा थप दबाब दिन विभिन्न कार्य गर्ने चेतावनी दिए ।

८६ बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा चिनी मिल, स्प्रिट प्लान्ट र रक्सी उत्पादन गरी तीन कारखाना सञ्चालनमा छन् । मिलबाट निस्कने धुवाँ र खरानी उडेर घरहरूमा पस्ने र सुकाएको कपडामा टाँसिएर फोहोर हुनुका साथै सास लिन समेत अप्ठ्यारो भएको स्थानीयको भनाइ छ ।

डिस्टिलरीबाट निस्कने प्रदूषित पानी सिधै खोलामा मिसाउँदा बजार नै दुर्गन्धित बन्दै गएको संघर्ष समितिले जनाएको छ ।

संघर्ष समितिका अनुसार चिनी मिलबाट सुनवलका १, ३, ४ र ६ नम्बर वडा प्रत्यक्ष मारमा परेको र करिब ७० हजार मानिस प्रभावित छन् ।

प्रदूषण रोकथामका निम्ति संघर्ष समितिले पटक–पटक मिल र सरोकारवालासँग पहल गरे पनि कुनै सुनुवाइ नभएको जनाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित