दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा विवेक झाँक्री मगरको मृत्यु

गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा सिमलटारीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ख ९४७५ नम्बरको बस र जिल्लाको सदरमुकाम तम्घासबाट सेउघा जाँदै गरेको लु ८७ प ९८१ नम्बरको मोटरसाइकलले ठक्कर खाएका थिए ।

बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक झाँक्री मगरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिए ।

मृतक झाँक्री गुल्मीको सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने विद्यार्थी हुन। उनी बिहानी संकायको अध्ययन सकिएपछि घर फर्कने क्रममा मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा घाइते झाँक्रीको उपचारको क्रममा ११ बजे मृत्यु भएको गुल्मी अस्पतालले घोषणा गरेको जिल्ला प्रहरी प्रमुख प्रधानले जानकारी दिए ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । मोटरसाइकल ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित