लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवलमा विद्युत महशुल बक्यौता हुदा राप्ती उपत्यकामा रहेको मन्त्रालयको विद्युत काटियाे

दाङ–लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय विद्युत विहिन भएको छ । नेपाल विद्युत प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत लाईन कटौती गरेपछी मन्त्रालय विद्युत विहिन हुन पुगेको हो ।

स्वास्थ्य मन्त्रालयको नाममा वुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछी राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत कनेक्सन काटिएको नेपाल विद्युत प्राधिकरण लमही शाखाले जनाएको छ ।

कार्यालय प्रमुख युवराज रावतका अनुसार बुटवलमा मन्त्रालयको नाममा जडान भएको विद्युतको बाँकी बक्यौता महशुल दुई लाख ७२ हजार दुई सय ६४ रुपैयाँ ४४ पैसा भुक्तानी गर्न बाँकी छ ।

सो रकम भुक्तानी गर्ने बिषयमा मन्त्रालयले कुनै जिम्मेवारी नभएपछी बाध्य भएर राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत कटौती गर्नुपरेको दावी रावतको छ ।‘बुटवल कार्यालयबाट पटकपटक पत्रार भए अनुसार हामीले यहाँबाट मन्त्रालयको विद्युत काट्नुप¥यो’रावतले भने,‘यहाँ मन्त्रालयको नाममा जडान भएको विद्युतको एक रुपैयाँ पनि बाँकी बक्यौता छैन् ।

बुटवलको रकम नतिर्दा यहाँबाट विजुली काट्नुप¥यो ।’ राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयमा मंसिर ५ गते विद्युत काटिएको हो । हाल सम्म विजुली जडान नहुदा मन्त्रालयको कामकाज प्रभावित छ ।

बुटवल स्वास्थ्य मन्त्रालय बसेको कार्यालयमा गैर सरकारी संस्थाको कार्यालय रहेका छन् ।

यता स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर जनार्दन शर्माले विना जानकारी बिजुली काटिएको बताए ।`पत्र पठाएको २४ घण्टा भित्र बिजुली काटियाे । पैसा नतिर्ने भन्ने हुन्न´सचिवले भने-`महशुल भुक्तानीकाे लागि काम हुदै छ ।´

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित