
बुटवल । सामाजिक क्षेत्रमा क्रियाशिला लायन्स क्लल अफ बुटवल स्टार्ससले ह्विल चियर वितरण गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी तिलोत्तमा नगरपालिका गणेशनगर गाईघाटमा ह्वीलचियर प्रदान गरेको हो ।
विगत लामो समय देखि विरामी रहेका गणेशनगर निवासी गंगा खत्रीक्षेत्रीलाई ह्वीलचियर प्रदानग गरिएको हो ।
लायन्स इन्टरनेशनल ३२५ पि नेपाल का एल सि आइ एफ कोडिनेट तथा क्लबका संथापक अध्यक्ष एमजेएफ संदिप कसौधन, लायन्स स्टार्सका अध्यक्ष रिन्कु लिगलले बिरामी गंगा खत्री क्षेत्री लाई व्हिल चेयर र औषधि सामाग्री हस्तारण गरेका थिए ।
कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष कसौधनले कम आयस्रोत भएका बिपन्न बर्गलाई सहयोग गर्दा मन जित्नेगरी गर्नुपर्ने बताएका थिए । कार्यक्रममा हामी सेवा गर्छौै भन्ने मुल नारालाई आत्म साथ गर्दै लायन्स स्टार्सले प्रतेक हप्ता १ दिन समाज सेवा गर्ने नारा बोकेर हिडेको अध्यक्ष लिगलले बताएका थिए ।
कार्यक्रमा लायन्स क्लब अफ तिलोत्तमा स्टार्स का अध्यक्ष लक्ष्मी थापा, लायन्स बुटवल स्टार्सका पूर्व अध्यक्ष अन्जिल मिया, तृतिय उपाध्यक्ष डिएस भट्टराई, सचिव किरण कुमार केसी, पि आर ओ अब्दुल सलामत, संथापक सदस्य तथा बरिष्ठ हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ डा अन्जनी बर्नवाल, संस्थापक सदस्य तथा कार्यक्रम संयोजक कमलेश कुमार कसौधन लगाएत बोलेका थिए । त्यसै गरी बुटवल बसर्पाकमा विपन्न समुदायको लािग भोजन समेत प्रदान गरेको थियो ।