प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

सहयोगी टोल विकास सस्थाको दोस्रो साधारणसभा सम्पन्न

सहयोगी टोल विकास सस्था बुटवल ११ कालिकानगरको दोस्रो साधारणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै साधारणसभा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले नगरको बिकासमा टोल विकास सस्थाको भूमिका महत्त्वपूर्ण रहेको बताए।

उनले बुटवललेलले टोललाई बढी महत्त्व दिने गरेको बताउदै उनले टोल मार्फत र जनसहभागितामूलक कामलाई समर्थन गर्ने पालिका मध्य बुटवल एक नम्बर रहेको दाबी गरे। उनले टोलका विभिन्न कुराहरूकाइ समितिले सन्तुलनमा राख्नुपर्ने बताए।

कार्यक्रममा बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य एवं बुटवल ११ वडा सदस्य हेमा थामीले टोल विकास सस्थाले स्थापनाको छोटो समयमा सामाजिक उत्तरदायित्व अन्तरगतका विभिन्न कामहरु गरेको थाहा पाउँदा खुसी लागेको बताईन । उनले टोल विकास सबल हुदा समग्र नगर नै सबल हुने भएकोले क्रियासिल हुन आग्रह गरिन।

कार्यक्रम सस्थाका अध्यक्ष जानुका अर्याल,सचीव सुधा न्यौपाने ,सल्लाहकार कृष्ण प्रसाद न्यौपाने, जेष्ठ नागरिक मंचको सचीव राम चन्द्र तिवारी, शान्ति टोलको उपाध्यक्ष राधा भणडारी,पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराई ,सस्थाका सल्लाहकार थानेश्वर पौडेल ,गोमा पाण्डे, नारायण बेल्बासे लगायतले बोलेका थिए। कार्यक्रममा जेष्ठ नागरिक सम्मान गरिएको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित