बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

गुल्मीका दुई स्थानीय तहमा बिहीबार सार्वजनिक बिदा

गुल्मीको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले मंसिर ७ गते सार्वजनिक बिदा दिएको छन ।
दुई पालिकाले  सुचना जारी गर्दै मंसिर ७ गते बिदा दिएको हुन ।

महान पर्व हरिबोधिनी एकादशी २०८० को पावन अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकोले विगतमा यस नगरपालिकाको कार्यपालिका बैठकबाट भएको निर्णय बमोजिम सार्वजनिक विदा दिइएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

बिगतका बर्षमा झै ७ गते विहिबारका दिन रेसुङ्गा नगरकार्यपालिकाको कार्यालय, नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरू, सम्पूर्ण शिक्षण तथा स्वास्थ्य संस्था र अन्य सार्वजनिक संघ संथाहरुमा सार्वजनिक विदा दिएको नगरपालिकाका प्रमुख प्रशाअकीय अधिकृत हरि प्रसाद अर्यालले जानकारी दिए ।

एता जिल्लाको गुल्मी दरबार गाउँपालिकाले पनि सोही दिन सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले जानकारी दिएका छन । हरिबोधिनी एकादशीको दिन गुल्मीको रेसुङ्गामा विशेष मेला लाग्ने गर्दछ । मेला हेर्न जिल्लाका विभिन्न स्थान सहित छिमेकी जिल्लाका मानिसहरु रेसुङ्गा आउने गर्द्छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित