लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्बिनीमा शिखर सम्मेलनको तयारी तीव्र

लुम्बिनी प्रदेश सरकारले आगामी फागुन २७, २८ र २९ गते बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो शिखर सम्मेलन गर्न तयारी अघि बढाएको छ ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष चासो दिएको सम्मेलनमा बालबालिकाको हित, दिगो विकास र शान्तिका लागि ‘लरेट्स एन्ड लिडर्स’ नाममा सम्मेलन आयोजना गर्न लागिएको हो ।

लुम्बिनी सरकारले आर्थिक वर्ष २०८०/०८१ वार्षिक नीति तथा कार्यक्रम र बजेटमै शिखर सम्मेलनलाई समेटेको छ । सम्मेलनका लागि लुम्बिनी विकास कोष, पर्यटन व्यवसायी र प्रदेश सरकारमातहतका विभिन्न कार्यालय र निकायसँग गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयको छलफल गरिसकेका छन् ।

शिखर सम्मेलनमा विभिन्न राष्ट्रका २० जना नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीसहित बालबालिका, शान्ति क्षेत्रका विज्ञ, सरकारी तथा गैरसरकारी अधिकारी र सरोकारवाला सहभागी हुने भएकाले प्रारम्भिक गृहकार्य अगाडि बढाइएको पाण्डेयले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित