लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवलमा भुकम्पको धक्का महशुस

बुटवलमा भुकम्पको धक्का महशुस गरिएको छ । दिउसो ४:३३ बजे धक्का महशुस गरिएको हो ।

आज धक्का भएको भुकम्प जाजरकोट र पश्चिम रुकुममै गएको पराकम्प हुन सक्ने भुगर्वविद्ले जनाएका छन् । ठुलो भुकम्प गए पश्चात स–साना पराकम्पन गइरहने गर्दछन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोट केन्द्रविन्दु भएर अपरान्ह ४ बजेर ३४ मिनेटमा भएर भूकम्प गएको पुष्टि गरेको छ ।

भूकम्पले रुकुम पश्चिममा २ हजार १३६ घर पूर्ण क्षति

शुक्रबार राति गएको भूकम्पले रुकुम पश्चिममा २ हजार १३६ घर पूर्ण क्षति भएका छन् । २ हजार ६४२ आंशिक र ४ हजार ६७० सामान्य क्षति भएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार प्रारम्भिक रुपमा संकलित विवरण अनुसार भूकम्पले रुकुम पश्चिममा २ अर्ब ४५ करोड ५ लाख रुपैयाँको क्षति भएको छ । क्षतिको विवरण संकलन भएकाले अझै बढ्न सक्ने उनको भनाइ छ ।

भूकम्पको कारण जिल्लामा ५२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन् । घाइतेमध्ये २७ जनालाई थप उपचारको लागि सुर्खेत, नेपालगञ्ज र काठमाडौं पठाइएको छ भने १७४ जना डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न अस्पतालहरुमा अहिले २६ को उपचार भइरहेको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले रुकुमपश्चिम आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका, त्रिवेणी गाउँपालिका र बाफीकोट गाउँपालिकामा भौतिक संरचना मात्र क्षति भएको छ । आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा मानवीय क्षति भएको छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले खोज तथा उद्धारपछि भूकम्प प्रभावित र पीडितहरुलाई राहत वितरण सुरु भएको बताए । उनले जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वार प्रणालीमार्फत राहत वितरणको काम गरिरहेको जानकारी दिए ।

विपद् व्यवस्थापन राहत सामग्रीहरु स्थानीय तह र वडाहरुमा हस्तान्तरण गरेर वितरण गर्ने प्रबन्ध मिलाइएको प्रजिअ पन्तले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित