
उपाध्यक्ष डा. लामाले पूजा गरेको शान्ति दीप कार्यक्रम संयोजक, विश्व कीर्तिमानी आरोही काजी शेर्पा (स्पीड), नेपाल पर्वतारोहण संघका पूर्व सचिव एवं केन्द्रीय कार्य समिति सदस्य दिवस पोखेल र सगरमाथा आरोही संघका महासचित शिव बहादुर सापकोटालाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।
उपाध्यक्ष डा. लामाले विश्व शान्ति र जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि लुम्बिनी शान्तिदीपबाट दीप प्रज्वलन गरेर सगरमाथाको आधार शिविर लैजादा सकरात्मक सन्देश प्रवाह हुने बताए ।
उक्त दीप कार्तिक १९ गते आइतबार साँझ सम्ममा काठमाडौं प¥याइने र सगरमाथा आधार शिविर कालापत्थर पु¥याइने नेपाल पर्वतारोहण संघले जनाएको छ ।
नेपालको राष्ट्रिय झण्डा फहराउने र बौद्धबाट ल्याइएको दीप उक्त स्थानमा प्रज्ज्वलन गरिने छ । कार्तिक २५ शनिवारका दिन एक समारोहका बीच कालापत्थामा सम्पन्न हुन गइरहेको कार्यक्रमबाट विश्वको ध्यान पुनः एकपटक नेपाल तर्फ केन्द्रित हुने संघका पूर्व सचिव एवं केन्द्रीय कार्य समिति सदस्य दिवस पोखेलले बताए ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाल र हिमाली क्षेत्रमा परेको असर बारे राष्ट्र संघको आगामी बैठकमा छलफल गरी कार्बन उत्पन्न गर्ने धनी राष्ट्रहरूले क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने आकज उठाउने प्रतिवद्धता व्यक्त गरेकाले कालापत्थरमा सम्पन्न हुने कार्यक्रम फलायदी हुने पोखरेलले बताए । वि.स. २०६६ सालमा आयोजना गरिएको कोप–१५ मा सगरमाथा आरोहणले डेनमार्क पुगेर मार्चपास गरेका थिए ।
अन्तर्राष्ट्रिय अल्पाइन संगठनहरू यूटिएए र भिएएको साधारण सभामा संघले ध्यानाकर्षण गर्दै आएतापनि प्रभावकारी प्रतिफल उपलब्ध हुन सकेको छैन । जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रीत गर्न २०६६ साल पौष १९ गते नेपाल सरकारको मन्त्रिपरिषद बैठक बसेको थियो ।