आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण                
समाचार :

लुम्बिनीका विद्युत्तिय सवारी साधन थन्किएरै थोत्रिदैँ

लुम्बिनीलाई प्रदुषणरहित बनाउंदै पर्यटकको सुविधाका लागि भनेर ३ वर्षअघि ल्याइएका विद्युतीय सवारीघाम तापेरै थोत्रिएका छन ।

३६ महिनाअघि एसियाली विकास बैंक (एडीबी)को अनुदान सहयोगमा आएका १९ वटा विद्युतीय बस र भ्यान प्रयोगमा नआई खुला आकाशमुनि थन्किएर थोत्रिएका हुन ।

बसका ठूला–ठूला शिशा फुटेका छन । टायर पञ्चर हुनुका साथै सीट च्यातिएका छन भने रंग पनि खुइलिएको छ । गाडीका ब्याट्री समेत चार्ज हुन छाडेका छन ।

संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गत लुम्बिनी ल्याइएका बस लुम्बिनी विकास कोषको कार्यालय परिसर बाहिर ३ बर्ष देखि थन्किएको अवस्थामा छन् । ५ वटा बस र १४ वटा भ्यान थन्किएरै बिग्रिने अवस्थामा पुगेका हुन ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले सरकारको नीतिगत निर्णयलाई ब्युरोक्रेसीले नमान्दा गाडी चल्न नसकेको बताए ।

यातायात व्यवस्था कार्यालय (सवारी) का अधिकृत पुष्पराज पाण्डेले मन्त्रिपरिषदले गाडी चलाउने भन्दैमा सेतो नम्बर प्लेटलाई हरियोमा परिवर्तन गर्ने निर्णय गरे पनि नियमावली नहुंदा दर्ता गर्न नसकिएको बताए ।

यी विद्युतीय सवारी नेपाल भित्र्याउंदा मात्रै ३ करोड ५० लाख बढी भन्सार राजस्व नेपाल सरकारले बेहोरेको छ ।

यिनै सवारी साधनका लागि भनेर लुम्बिनीमा १३ करोड ९० लाख रूपैयां लगानीमा चार्जिङ स्टेसन समेत बनिसकेका छन ।

१७ स्थानमा चार्ज गर्ने व्यवस्था छ । चल्ने अवस्था नदेखिएपछि भ्यान÷कार विकास कोषका कर्मचारीले रजाइं गरेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित